सम्झना बसेको रहस्यमय यात्रा !!
मैले र मेरी बहिनीले आफूलाई कहाँ भेट्टायौं, थाहा थिएन। समय र स्थानको कुनै अर्थ थिएन, तर हामी त्यहाँ थियौं। वरिपरि हेर्दा त्यो ठाउँ कुनै विद्यालयजस्तो लागिरहेको थियो।सादा पर्खालहरू, फिका रंगका कोठा। तर, केही पलमै त्यो दृश्य फेरियो। अब त्यो कुनै फिल्म महलजस्तो देखिरहेको थियो। झिलिमिली बत्तीहरू, चम्किला झ्यालढोकाहरू, अनि मानिसहरूको भीड।
हामी ठ्याक्कै रिसप्सेनमा त होइन तर एक व्यक्ति को अगाडि उभिरहेँका थियोै। त्यो व्यक्ति ले त्यो ठाँउ भित्र आउनेहरूसँग पैसा लिरहेको थियो। केही छिन मा हामी पनि उसको अगाडि पुग्योै। मसँग मेरो बहिनी थिइन। मेैले मसँग भएको सयको नोट त्यो व्यक्तिको हातमा दिएँ। बैनिले पाँच सय रुपैयाँ दिइन। हामीलाई थाह थिएन। हामी कहाँ छोै के खाने हो। कता जाने हो थाह थिएन। हामीले दिएको जम्मा छ सय रुपैयाँबाट हामीलाई त्यो व्यक्तिले एक सय पचास फिर्ता गरिदियो।
त्यो ठाउँमा आइरहेका मानिस हरु माथि गइरहेका थिए। हामीले चिनेको व्यक्ति पनि त्यहाँ हुनुहुन्थ्यो। उहाँ हामीलाई देखेर मुस्क्क मुस्कुराउदै उभो हिँडिरहनु भएको थियो। हामी भने बाहिर निस्कने विचार गरिरहेका हामी बाहिर जान तल तिर झर्न लाग्योै। हामीले चिनेका व्यक्तिहरू भित्र गइरहेको थिए। हामी केही खानेकुरा बोकेर बाहिर निस्कने सोचिरहेका थियोै।
सामान भएको ठाउँमा आएर के लिएर जाने होला हेर्दै थियोै। एक जना दिदी आएर मलाई मेरो चप्पल माग्नु भयो। म छिटो आइहाल्छु भन्दै उहाँ नि माथि चढ्नुभयो। हामी त्यहि बसेर त्यहाँ भएको खानेकुरा खाइरहेका थियोै। के लिएर जाने हेरिरहेका थियोै। नभन्दै त्यो दिदी आइ पुग्नु भयो। उहाँले मेरो चप्पल फिर्ता गर्नु भयो। साथै हामीलाई गिलास मा खेै के को जुस दिनुभयो। थाह छैन। यत्तिकैमा हामी बाहिर निस्योै। बाहिर सुन्दर दृश्य देखिरहेको थियो। त्यसको मोजा लिँदै हामी हिडुरहेका थियोै।
यत्तिकैमा मन्दिप मेरो नजिक आयो। उसको चाल आत्मविश्वासपूर्ण थियो। उसले मेरो हात समात्यो-मजबूत र सुमधुर स्पर्श। उसको आँखामा म गहिरो भावना देख्न सक्थेँ। मेेैले उसलाई चिन्द थिएँ। उ आउँदा मेरो बैनि पनि मदेखि पछाडि हिडिन। हामीलाई एक्लै छोडिदिन। ऊ बोल्न थाल्यो। उसका शब्दहरूमा एक प्रकारको मिठास थियो।
म चुपचाप सुनिरहेँ। उसका शब्दहरूले मेरो मनमा बिस्तारै कुनै अनकन्टार भूमि खोले। उसले मेरो हात दरोसँग पक्रेको थियो। पाइलामा पाइला चाल्दै अघि बढ्यौं। मलाई उ पहिले देखि नै मन पर्थ्यो। हामी अघि बढ्दै रहयोै। उसले मायाका कुरा गर्यो। उसका शब्दहरूले मेरो आत्मालाई छुन थाले। म उसको आँखामा गहिराइ महसुस गर्न सक्थेँ।
ऊ त्यही थियो-जसलाई मैले सधैं मनदेखि चाहेको थिएँ। उ बोलिरह्यो म सुनिमात्र रहेँ। उ बोल्दै गर्दा म उसको मायाको आभास गर्न सक्थँ। त्यो क्षण, उसको स्पर्श र उसका शब्दहरूले मेरो जीवनको सबैभन्दा गहिरो भावना उजागर गरे। मैले महसुस गरें-उसको माया कुनै साधारण कुरा थिएन। त्यो अनन्त थियो। उसको असल व्यावहार नेै मेरो माया आभास गर्ने ठाउँ थियो। उ त्यो थियो जस्लाई मैले मनदेखि चाहेँ कि थिएँ।
आज उसैले माया का कुरा गरिरहेको थियो मसँग। मायाको आभास गराइ रहेको थियो। त्यस सुन्दर यात्राले मेरो जीवनको सम्झनामा अमिट छाप छोड्यो। त्यो रहस्यमय ठाउँ, त्यो सुन्दर दृश्य, र उसको माया-यी सबै मेरो आत्माको गहिराइमा सदैव बाँचिरहनेछन्र र उसको मायाको आभास जिन्दगी भर रहने छ।
©बबिता_रोकाया बबिता रोकाया
Comments
Post a Comment