Posts

Showing posts from 2018

सन्दिप लामिछाने र सोमपाल कामी पाकिस्तान सुपर लिगको ड्राफ्टमा पर्न सफल

Image
नेपाली क्रिकेटर द्वय सन्दीप लामिछाने र सोम पाल कामी पाकिस्तान सुपर लिगको ड्राफ्टमा पर्न सफल भएका छ्न ।  स्पिनर सन्दिप लामिछाने पाकिस्तान प्रिमियर लिगको गोल्डेन क्याटेगोरिमा परेका छन भने सोमपाल कामी सिल्भर क्याटेगोरी मा पर्न सफल भएका हुन ।  सन्दिप लामिछानेको समुहमा मा टेस्ट राष्ट्रका उत्कृष्ट लिस्ट ए सङ्गै राष्ट्रिय खेलाडी हरु छन भने सोमपाल कामी परेको क्याटेगोरिमा एसोसिएट राष्ट्रियका खेलाडिहरु समाबेश रहेकाछन । अगामी नोभेम्बर २० मा विश्वभरिका ३७१ जना क्रिकेटरहरु  सहभागी रहेको ड्राप्टको अन्सन हुदैछ ।  आफ्नो स्पिन जादु बाट विश्व भरिका टि-२० लिगमा उत्कृष्ट प्रदर्शन गर्न सफल सन्दिप लामिछाने र बलिङ अलराउण्डरको रूपमा समेत चिनिएका सोमपाल कामिले नेपाली राष्ट्रिय टोलिबाट विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सफल भएका छ्न ।  यस अघि पनि अफगानिस्तानमा सम्पन्न अफगानिस्तान टि-२० प्रिमियर लिगमा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का , सन्दिप लामिछाने र सोमपालको नाम प्रारम्भिक लिस्टमा परे पनि अक्सन मार्फत सन्दिप मात्रै छ्नोट भएका थिए । 

सन्दिप लामिछानेले ड्राफ्ट बाट नाम फिर्ता लिएको दक्षिण अफ्रिकि लिगमा चम्किने भए राशिद खान

Image
नेपाली लेग स्पिन बलर सन्दिप लामिछानेले विभिन्न प्रतियोगितामा सहभागी हुनु पर्ने भएकाले अन्तिम ड्राप्ट अघि नाम फिर्ता लिएको दक्षिण अफ्रिकाको प्रथम मजासी टि-२० लिगमा अफगानिस्तानका स्पिनर राशिद खान चम्किने भएका छ्न ।  अन्तर्राष्ट्रिय टि-२० क्रिकेटको बलिङतर्फ शिर्ष स्थानमा रहेका राशिद खान बलिङतर्फ स्पिन जादु देखाउनमा पोक्त मानिन्छ्न ।  विश्वभरिका विभिन्न टि-२० फ्रेन्चाईज लिगमा सहभागी जनाईसके पनि राशिद खान दक्षिण अफ्रिकि भुमिमा पहिलोपटक खेल्न लागेका हुन ।  अगामी नोभेम्बर १६ बाट हुन लागेको प्रथम म्स्जासी लिगमा राशिद खानलाई डरहम हीट टिमले अनुबन्धन गरेको हो ।  राशिद खानले हालसम्म ८८ अन्तर्राष्ट्रिय खेलमा १८४ विकेट लिईसकेका छ्न भन गत वर्ष अस्ट्रेलियाको घरेलुु लिग (बिग बास ) मा उनले एडिलेड स्‍ट्राइकर्स टिमबाट सहभागीता जनाउदै १८ विकेट लिएका थिए । 

शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी ऋण लिएर व्यवसाय गर्न राष्ट्र बैंकको आग्रह

Image
राष्ट्र बैंकले एक सूचना जारी गदैँ शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी ऋण लिएर व्यवसाय गर्न योग्य नागरिकलाई ऋण लिन आग्रह गरेको छ । आव २०७५/७६ को बजेटमै ‘शैक्षिक युवा स्वरोजगार’, ‘विदेशबाट फर्केका युवा परियोजना’, ‘महिला उद्यमशीलता’, ‘कृषि तथा पशुपक्षीपालन’ जस्ता व्यवसाय गर्नका लागि सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने घोषणा गरेको थियो । नेपाल राष्ट्र बैंकले गत असोज ११ गते नै सबै वाणिज्य बैँक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न निर्देशन दिएको थियो । सहुलियतापूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ कार्यान्वयनमा आएसँगै शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण लिन पाइने भएको हो । अर्थ मन्त्रालयले उक्त कार्यविधि ल्याएकाले शैक्षिक कर्जा वाणिज्य बैंक, विकास बैंक र अन्य वित्तीय संस्थाबाट पाइने भएको छ तर लघुवित्त संस्थाले भने त्यस्तो ऋण दिन पाउने छैनन् । स्नातक तह उत्तीर्ण विद्यार्थीले गत शुक्रबारदेखि नै शैक्षिक कर्जा लिन पाउने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । सरकारको योजनानुसार माध्यमिक वा सो सरह उत्र्तीण गरी २५ वर्ष ननाघेका नेपाली युवा...

नेपालमा शिक्षक : अमेरिकाको संसद बने

Image
अमेरिकामा मंगलबार भएको मध्यावधि निर्वाचनबाट नेपालीमुलका एचबी ह्यारी भण्डारी संसदमा निर्वाचित हुनुभएको छ । बाल्टिमोर काउन्ट्रीको मेरिल्याण्ड डिष्ट्रिक आठबाट विधायकसभा (स्टेट डेलिगेटस)मा उहाँले जीत हासिल गर्नुभएको हो । अमेरिकाको राजनीतिक तहमा रहेका नेपालीमुलका व्यक्तिमध्ये भण्डारी नै सबैभन्दा उच्च तहमा पुग्नुभएको छ । तीन जना निर्वाचित हुनुपर्ने ठाउँमा दोस्रो हँुदै उहाँ निर्वाचित हुनुभएको हो । उहाँले २० हजारभन्दा बढी मत ल्याउनुभएको छ । भण्डारी डेमोक्र्याटको तर्फबाट उम्मेदवार बन्नुभएको थियो । गत जुनमा उहाँ डेमोक्रयाटिक पार्टीको केन्द्रीय सदस्यमा पनि निर्वाचित हुनुभएको थियो । नेपालको पर्वत जिल्लाबाट सन् २००५ मा अमेरिका आउनुभएका भण्डारी नेपालमा अंग्रेजी विषयको शिक्षक हुनुहुन्थ्यो भने अमेरिकामा पनि प्राध्यापन पेशामै आवद्ध हुनुहुन्छ । एकचालिस वर्षे भण्डारीको खास नाम हिराबहादुर भण्डारी भएपनि अमेरिका आएपछि एचबी भण्डारी हुँदै अहिले ह्यारी भण्डारी नामले चिनिनुहुन्छ । गत जुन महिनामा सम्पन्न प्रारम्भिक चरणको चुनावमा पनि उहाँ दोस्रो भएर निर्वाचित हुनुभएको थियो । यसअघि सन् २०१४ मा अमेरिकामा पहिलोपटक उ...

पोखरा प्रिमियर लिगको उपाधी पोखरा पल्टन्सलाई : फाईनलमा चितवन ३ विकेटले पराजित ।

Image
पोखरामा सम्पन्न प्रथम पोखरा टि-२० प्रिमियर लिगको उपाधी शरद भेषावकरको कप्तानिमा रहेको पोखरा पल्टन्सले उचालेको छ ।  पोखरा रंगशालामा भर्खरै सम्पन्न फाईनल खेलमा पारस खड्काको कप्तानिमा रहेको चितवन राईनोजलाई ३ विकेट पराजित गर्दै पोखराले उपाधी कब्जा गरेको । उपाधी कब्जा  गरेसङ्गै पोखराले २७ लाख नगद हात पारेको छ भने चितवन राईनोजले १० लाखमा चित्त बुझाएको छ ।  फाईनल खेलमा चितवन राईनोजले जितको लागि दिएको १६१ रनको लक्ष्य पोखराले १९.२ ओभरमा ७ विकेट गुमाउँदै भेटेको थियो । पोखराको जितमा भारतिय खेलाडी रबि इन्दर सिहले सर्वाधिक ९० रन , युएका खेलाडी महोम्मद नबिदले २५ , शरद भेषावकरले २२ र आशिफ सेइखले १२ रनको महत्त्वपूर्ण योगदान दिएका थिए ।  बलिङतर्फ चितवनका भुवन कार्किले २ , सन्नी पटेलले , करन के सि र कप्तान पारस खड्काले १-१ विकेट लिएका थिए ।  यसअघि पोखरा विरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६० रनको सम्मानजनक स्कोर तयार पारेको थियो। चितवनको ब्याटिङ कप्तान पारस खड्काले सर्वाधिक ५० , सन्नी पटेलले ४३ र अनिल कुमार साहले ३७ रनको महत्त्वपूर्ण य...

कप्तान पारसको उत्कृष्ट ब्याटिङ : पोखरा लाई जितको लागि १६१ रनको लक्ष्य प्रस्तुत ।

Image
क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रा. लिको आयोजनामा सुन्दर नगरी पोखरामा जारी देशकै सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता अन्तर्गत फाईनल खेलमा चितवन राईनोजका कप्तान पारस खड्काले उत्कृष्ट अर्धशतकिय पारी खेलेका छ्न ।पारस खड्काको जारी प्रतियोगितामा पहिलो अर्धशतक पनि हो । यसैबीच पोखरा रंगशालामा जारी फाइनल खेलमा पोखरा पल्टन्सलाई चितवन राईनोजले १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।पोखरा विरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६० रनको सम्मानजनक स्कोर तयार पारेको हो । चितवनको ब्याटिङ कप्तान पारस खड्काले सर्वाधिक ५० , सन्नी पटेलले ४३ र अनिल कुमार साहले ३७ रनको महत्त्वपूर्ण योगदान दिएका थिए । आक्रामक ब्याटिङ गरेका कप्तान पारसले ३७ बलमा ९ चौका प्रहार गरेका थिए भने अर्का आक्रामक ब्याट्सम्यान सन्नी पटेलले पनि २१ बलमा ३ चौका र ४ छ्क्का प्रहार गरेका थिए । बलिङतर्फ पोखराका कमल सिह कार्किले २ तथा ललित राजबन्शी र महोम्मद नविदले समान १-१ विकेट लिएका थिए भने कप्तान पारस खड्का रन आउट भएका थिए । जितको लागि १६१ रनको लक्ष्य पाएको शरद भेषावकरको कप्तानिमा रहेको पोखरा पल्टन्सले ...

पोखरा प्रिमियर लिग :समहु चरणको हारको बदला लिदै उपाधी उचाल्ने दाउमा पारस ।

Image
क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रा. लिको आयोजनामा देशकै सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिताको उपाधी भिडन्त आज हुदैछ । पोखरा रंगशालामा नेपाली समय अनुसार बिहान ११ बजे  हुने उपाधि भिडन्तमा पारस खड्का नेतृत्वको चितवन राइनोज र शरद भेषवाकर नेतृत्वको घरेलु टोली पोखरा पल्टनबीच प्रतिस्पर्धा हुदैछ ।  जारी प्रतियोगिताको समूह चरणमा पोखरा पल्टन्सले चितवन राईनोजमाथी ५ विकेटको जित निकालेको थियो । आजको फाईनल खेलमा चितवन राईनोज समुह चरणमा बेहोरेको हारको बदला लिदै उपाधी उचाल्ने दाउमा रहेको छ  भने पोखरा पलट्न्स चितवनमाथी लगातार दोस्रो जित निकाल्दै उपाधी उचाल्ने दाउमा रहेको छ ।  समुह चरण चितवन माथी निकालेको जित र घरेलु समर्थकको राम्रो साथ पाएको पोखरालाई चितवन माथी दवाव सृजना गर्न सजिलो हुने देखिन्छ भने विगतमा सम्पन्न प्रतियोगिताको उपाधी भिडन्तमा शरद नेतृत्वको टिम विरुद्ध शतप्रतिशत नतिजा निकालेको चितवन पनि बलियो मनोबल सहित मैदान उत्रिदैछ ।  जारी प्रतियोगितामा पोखरा पल्टन्स समुह चरणमा शिर्ष टोलि बन्दै फाईनल प्रवेश गरेको हो भने चितवन राईनोजले ईलिमिनेटरमा काठमान्डै रोयल्सलाई ६ विकेटले ...

पोखरा प्रिमियर लिग : उपाधिको लागि चितवन राइनोज र पोखरा पल्टनबीच भिडन्त हुँदै ।

Image
पोखरामा जारि प्रथम नमस्ते पोखरा टि-२० प्रिमियर लिग (पीपीएल) को उपाधिको लागि आज पारस खड्का नेतृत्वको चितवन राइनोज र शरद भेषवाकर नेतृत्वको घरेलु टोली पोखरा पल्टनबीच भिडन्त हुँदैछ ।खेल विहान ११ बजेबाट पोखरा रंगशालामा हुदैछ । जारी प्रतियोगितामा पोखरा पल्टन्स समुह चरणमा शिर्ष टोलि बन्दै फाईनल प्रवेश गरेको हो भने चितवन राईनोजले ईलिमिनेटरमा काठमान्डै रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।  पारस र शरद नेपाली घरेलुु क्रिकेट प्रतियोगिताको उपाधिको लागि तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेका हुन यस अघि धनगढीमा सम्पन्न प्रथम धनगढी प्रिमियर लिग (डिपिएल २०१७)  र एभरेस्ट प्रिमियर लिग (ईपिएल २०१७) को उपाधिको लागि दुबै नेतृत्वको टोलिले प्रतिस्पर्धा गरेको थियो भने पारस नेतृत्वको टोलिले दुबै प्रतियोगिताको उपाधी उचालेको थियो ।  यस पटक भने समुह चरणको खेलमा पारसको टिमलाई ६ विकेटको फराकिलो अन्तरले पराजित गरेको घरेलु टोलि पोखरा उच्च मनोबलका साथ मैदान उत्रिदैछ भने पारस नेतृत्वको टोलि समूह चरणको हारको बदला लिदै उपाधी उचाल्ने दाउमा रहेको छ ।  प्रतियोगितामा ६ टोलिको सहभागिता रहेको ...

विश्व क्रिकेटमा चम्किदै सन्दिप लामिछाने : खेल्ने भए अफगानिस्तान टि-२० प्रिमियर लिग ।

Image
ज्ञानेन्द्र भट्ट धनगढी कैलाली , नेपाली लेग स्पिनर बलर सन्दिप लामिछानेले क्रिकेटमा अर्को सफलता हात पार्दै विश्व क्रिकेट जगतमा आफ्नो नाम फेरि चम्काउने भएका छ्न । अगामी अक्टोबर ५ देखि २१ सम्म संयुक्त अरब ईमिरेटमा हुने पहिलो अफगानिस्तान टि-२० प्रिमियर लिग २०१८ मा सहभागी खेलाडीहरुको अक्सन मार्फत अन्तिम छ्नोटमा पर्दै सन्दिप लामिछानेले अफगानिस्तान टि-२० प्रिमियर लिग पनि खेल्ने भएका हुन । अफगानिस्तान क्रिकेट वोर्डले आज सम्पन्न गरेको अक्सन मार्फत छनोट भएका सन्दिप लामिछाने आई सि सि एसोसिएट रास्ट्रको समूहबाट छनोट भएका थिए । सन्दीप लामिछाने लाई अफगानिस्तान टि-२० प्रिमियर लिगमा आन्द्रे रसेल आईकन प्लेयर रहेको नानगरहर टिमले १५ हजार अमेरिकी डलरमा किनेको हो । प्रारम्भिक ड्राप्टमा नेपालि टिमका कप्तान पारस खड्का र सोमपाल कामिको नाम रहेपनी उनिहरुलाई कुनै पनि टिमले बोली लगाएको थिएन । एसोसिएट रास्ट्रबाट बाबर हयात र रोहन मुस्तफा पनि बिक्री हुन सकेनन । सन्दिप लामिछानेले यस अघि पनि ईन्डियन प्रिमियर लिगमा दिल्लि डेयर डेभिल्स , ग्लोबल टि-२० क्यानडा , क्यारेबियन प्रिमियर लिग र विश्व ११ को टिमबाट विभिन...

अफगानिस्तान प्रिमियर लिगको ड्राप्टमा नेपाली क्रिकेटर पारस खड्का र सोमपाल कामी सामेल ।

Image
अफगानिस्तान क्रिकेट वोर्डले जारी गरेको अफगानिस्तान प्रिमियर लिगको प्रारम्भिक ड्राप्टमा नेपाली क्रिकेटर पारस खड्का र सोमपाल कामी सामेल भएका छ्न । नेपालि लेग्स्पिनर बलर सन्दिप लामिछाने बारे भने कुनै जानकारी गराईएको छैन यद्यपि भोलि हुने फाईनल छ्नोट सम्म खेलाडीहरु सुची अपडेट गरिने कुरा नागरिक दैनिकको अङ्ग्रेजी वेबसाईटमा जनाईएको छ । सन्दिप लामिछाने पछि टेस्ट मान्यता प्राप्त रास्ट्रले आयोजना गर्न लागेको प्रतियोगितामा छ्नोट भएमा पारस र सोमपालको लागि पहिलो अवसर हुनेछ । सोमबार दुबईमा आयोजना गरिएको कार्यक्रम मार्फत विश्व भरिका ३५० जना खेलाडीहरु सहभागि रहेको ड्राप्ट पेपर बारे जानकारी गराईएको थियो भने खेलाडीहरुको अन्तिम छ्नोट अक्सन मार्फत भोलि गरिदैछ । कुल ६ टोलि सम्मिलित प्रतियोगितामा एसोसिएट रास्ट्रबाट रोहन मुस्तफा , चिराग सुरि जस्ता खेलाडी समावेश गरिएको छ । ड्राप्टमा सहभागी खेलाडीहरुलाई विभिन्न वर्गबाट अन्तिम छ्नोट गरिने जनाएको छ । अन्तिम छ्नोट गरिने वर्गमा आईकन , डाईमन्ड , गोल्ड , सिल्भर ,आईसिसी एसोसिएट र इमर्जिङ रहेका छ्न । प्रतियोगिताको अन्तिम छ्नोट भोलि सेप्टेम्बर १० मा हुने भएको ...

शिक्षक सेवा आयोग तयारी ५० महत्त्वपूर्ण बस्तुगत प्रश्नहरु ।

Image
1.शैक्षिक जनशक्ति तालिम निति कहिले बनेको हो? - २०६२ 2. माध्यमिक शिक्षा पाठ्यक्रम ढाचा २०६४ अनुसार ऐक्षिक प्रथम पत्रमा निर्धारित भाषा समुहमा कति भाषा रहेको छ ? - २३ भाषाका विषय 3. अनौपचारिक शिक्षा बिस्तार कार्यक्रम कुन उमेर समुहका बालबालिकाहरु समाबेश हुन्छन् ? - ६ बर्ष देखि ८ बर्ष सम्म 4. नेपाल मा रेडियो शिक्षा शिक्षक तालीम कहिले सञ्चालन भयो? - सन् १९८० 5. मदरसा शिक्षा को पाठ्यक्रम ढाचा अनुसार सामाजिक अध्ययन (उर्दु भाषा ) को पठ्यभार कति हो? - ३ 6. निर्माणात्मक मूल्याकंन को साधनहरु मध्ये प्रथम चरण कुन हो? - कक्षाकार्य 7. शिक्षा ऐन २०२८ को छैटौं संसोधन कहिले भयो ? - २०५५/१०/०१ 8. नेपाल को संविधान २०७२ अनुसार अनुसूची ६ मा केको व्यवस्था छ ? - प्रदेशको अधिकार को सुची 9. राष्ट्रिय शिक्षा आयोगको प्रतिबेदन अनुसार बिशिष्टिकरणको पहिलो चरण कुन हो? - उच्च माध्यमिक शिक्षा 10. गाउँ शिक्षा समितिको बैठक सामान्यतया कति समयमा बस्नु पर्छ ? - ३ महिना को एकपटक 11. शिक्षा दिवश 2072 नारा के रहेको थियो ....? - "दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था 12. नेपालको सबैभन्दा पुरा...

एसिया कप छनोटमा भाग्यले साथ दिएन : जगत टमटा ।

Image
नेपाली क्रिकेट टोलिका प्रमुख प्रशिक्षक जगत बहादुर टमटाले एसिया कप छ्नोटमा नेपाल पराजित हुनुको कारण नेपाली टोलिलाई भाग्यले साथ नदिनु रहेको बताएका छ्न । मलेसियामा सम्पन्न एसिया कप छ्नोट प्रतियोगितामा भाग लिए शुक्रबार स्वदेश पर्किने बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा सन्चारकर्मी सङ्ग छोटो प्रतिक्रिया दिदै जगत टमटाले भने "एसिया कप छ्नोटमा ठुलै अपेक्षा राखेर राम्रो तयारीका साथ थियौ तर केटाहरू राम्रो खेल खेल्दा खेल्दै पनि यसपटक हामिलाई लकले साथ दिएन , केही गलत निर्णयहरु पनि भए , समग्रमा हामिलाई भाग्यले साथ दिएन र मौका गुमायौ । " एसियाली क्रिकेट काउन्सिलको आयोजनामा भएको छ्नोट प्रतियोगितामा नेपाल सहित हङकङ , युएई , ओमन , सिङ्गापुर र मलेसियाको सहभागीता रहेको थियो भने प्रतियोगितामा नेपाल दुई खेल जित्दै चौथो स्थानमा रहेको थियो । हङकङ भने फाईनल खेलमा युएईलाई पराजित गर्दै अगामी सेप्टेम्बर १५ देखि २८ सम्म संयुक्त अरब ईमिरेटसमा हुने एसिया कप क्रिकेटको लागि छ्नोट भएको छ र हङकङले अब एसिया कपमा टेस्ट मान्यता प्राप्त भारत र पाकिस्तान को समूह ए मा रहि प्रतिस्पर्धा गर्नेछ ।

एसिया कप छ्नोटको फाईनल खेलमा हङकङद्वारा युएई पराजित ।

Image
मलेसियामा सम्पन्न एसिया कप छनोट प्रतियोगिताको उपाधि जित्दै हङकङ अगामी सेप्टेम्बर १५ बाट युएईमा हुने एसिया कप क्रिकेटको लागि छनौट भएको छ । मलेसियाको किनरारा मैदानमा भएको रोमाञ्चक फाइनल खेलमा हङकङले युएईलाई २ विकेटले पराजित गरेको हो । एसिया कप छनोटको फाइनल जिते सङ्गै हङकङको एसिया कप खेल्ने सपना पूरा भएको हो । वर्षाले प्रभावित खेलमा युएइले हङकङलाई २४ ओभरमा १७९ रन लक्ष्य प्रस्तुत गरेको थियो । जितको लागि १७९ रनको लक्ष्य पछायाएको हङकङले २३.३ ओभरमा ८ विकेट गुमाए लक्ष्य पुरा गरेको थियो। हङकङका लागि निजकत खानले ३८, क्रिस्टोफर कार्टरले ३३, अंशुमन राठले २८ रन बनाएका थिए। टस हारेर ब्याटिंग गरेको युएईले २४ ओभरमा ९ विकेट गुमाउदै १७६ रन बनाएको हो। युएईका लागि असफाक अहमदले सर्वाधिक ७९ रन बनाएका थिए।  असफाकले ५१ बलमा ६ छक्का र ९ चौका हान्दै ७९ रन बनाएका थिए। त्यस्तै साइमन अनवरले २२, मोहमद उसमानले १६ रन बनाएका थिए। त्यस्तै चिराग सुरीले ११ रन बनाए भने कप्तान रोहन मुस्तफा शुन्य रनमा आउट भएका थिए।बलिङतर्फ हङकङका एजाज खानले ५, नदीम अहमदले ३ तथा तनबीर अफजलले एक विकेट लिएका थिए भने एजाज खानले एकै ओ...

बलिङमा सन्दिप को उत्कृष्ट प्रदर्शन : एसिया कप छनोटमा बने सबैभन्दा बढि विकेट लिने दोस्रो खेलाडी ।

Image
नेपालका १८ वर्षीय लेग स्पिनर बलर सन्दिप लामिछानेले मलेसियामा जारी एसिया कप छनोट छनोट प्रतियोगितामा उत्कृष्ट बलिङ पर्दर्शन गरेका छ्न । जारी प्रतियोगितामा पाँच खेल खेलेको नेपालका लागि सन्दिप लामिछानेले १४ विकेट लिएका थिए । पाँच खेल मध्ये ३ खेलमा पराजय बेहोरेको नेपाल उपाधी होडबाट बाहिरिए पनि सन्दिप लामिछाने भने एसिया कप छनोट प्रतियोगितामा सबैभन्दा बढि विकेट लिने खेलाडीको सुचिमा दोस्रो भएका छन । लामिछानेले पाँच खेलबाट १४ विकेट लिएका छ्न भने प्रतियोगितामा सबैभन्दा बढि विकेट लिने खेलाडीमा युएईका अहमेद राजा रहेका छ्न उनले ५ खेलबाट १५ विकेट लिएका छ्न । प्रतियोगितामा सन्दिप लामिछानेको बलिङ एभरेज सबैभन्दा उत्कृष्ट रहेको थियो सन्दिप लामिछानेले ओमन विरुद्धको पहिलो खेलमा कुनै पनि विकेट लिएका थिएनन् भने युएई विरुद्ध भएको खेलमा ४ विकेट लिएका थिए । त्यसैगरी आयोजक मलेसिया विरुद्ध तेस्रो खेलमा २ तथा सिङ्गापुर बिरुद्धको चौथो खेलमा ३ विकेट हात पारेका थिए भने नेपालले प्रतियोगितामा हङकङ विरुद्ध खेलेको खेलमा सन्दिप लामिछानेले सबैभन्दा बढि ५ विकेट लिएका थिए । प्रतियोगितामा खेलेका पाँच खेलमा सन्दिप लाम...

एसिया कप क्वालिफायर : पारस खड्का भर्सेस बाबर हयात ।

Image
ज्ञानेन्द्र भट्ट , धनगढी , कैलाली मलेसियामा जारी एसिया कप छनोट प्रतियोगितामा आज नेपाल र हङकङ प्रतिस्पर्धा गर्दै छ्न । जारी प्रतियोगितामा ४ अङ्क सहित नेपाल अङ्क तालिकाको चौथो स्थानमा रहेको छ भने हङकङ ५ अङ्क सहित तेस्रो स्थानमा रहेको छ । अङ्क तालिकाको शिर्ष स्थानमा ओमन रहेको छ भने दोस्रो स्थानमा युएई रहेको छ । आज हुने खेलबाट शिर्ष दुई टोलि फाईनल प्रवेश गर्ने छ्न भने विजेता टोलि एसियाका पावर हाउस रास्ट्रसङ्ग सेप्टेम्बर १५ देखि एसिया कप खेल्ने छ । जारी प्रतियोगितामा एसोसिएट रास्ट्र मध्ये नेपाली टिमका कप्तान पारस खड्का तथा हङकङ टिमका कप्तान बाबर हयातको खेल हेर्न लायक हुने अपेक्षा गरिएपनी नेपाली टिमका कप्तान खड्काले अपेक्षित खेल प्रदर्शन गर्न सकेका छैनन । जुनसुकै अवस्थामा पनि नतिजा आफ्नो पक्षमा पार्न सक्ने क्षमता भएका ३० वर्षीय दायाँ हाते अलराउन्डर ब्याट्सम्यान खड्काले जारी प्रतियोगितामा ४ खेलमा ५ चौका सहित ४८ रन जोडेका छ्न भने २६ वर्षीय दायाँ हाते अलराउन्डर बाबर हयातले ४ खेलमा १३ छ्क्का र १२ चौका सहित १९१ रन जोडेका छ्न जसमा एक शतक समेत रहेको छ । आक्रामक ब्याट्सम्यानको रूपमा चि...

३६ वर्ष जेठा क्रिकेटरसँग अफेयरमा बलिउड नायिका ।

Image
बलिउड सेलिब्रिटी र क्रिकेटरबीच पुरानो सम्वन्ध रहिआएको छ । थुप्रै क्रिकेटरहरुले बलिउडकी नायिकाहरुलाई आफ्नो जीवनसाथी बनाएका छन् । तर, यो केस अलि फरक छ । लन्चबक्स र एयरलिफ्ट जस्ता फिल्मकी नायिका निमरत कौर र भारतीय क्रिकेट टिमका कोच रवी अफेयरमा छन् । निमरतभन्दा रवी ३६ वर्ष जेठा हुन् । उनीहरुले बडो गुपचुपरुपमा आफ्नो प्रेम सम्वन्ध अगाडि बढाइरहेका थिए । उनीहरु कहिल्यै सार्वजनिकरुपमा एक साथ देखिएका छैनन् । रवी र निरमतको भेट सन् २०१५ मा जर्मन लक्जरी कारको उद्घाटन समारोहमा भएको थियो । त्यहाँ उनीहरुले फोन नम्बर साटासाट भएका थिए । त्यसपछि उनीहरु नियमत भेट हुन थालेको बताइन्छ । ५६ वर्षिया रवी एक डिभोर्सी हुन् । उनले २२ वर्ष लामो दाम्पत्य सम्वन्धपछि पत्नी ऋतु सिंहसित डिभोर्स गरेका थिए । २० वर्षिया ऋतु भने अहिलेसम्म सिंगल नै थिइन् । अनलाईन खबर डट कम बाट साभार गरिएको .

CPL टि-२० : सन्दिप लामिछाने सम्मीलित टिम प्ले अफमा प्रवेश ।

Image
By Gyanendra Bhatta . September 3, 2018 वेस्टईन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग अन्तर्गत नेपाली लेग स्पिनर सन्दीप सम्मिलित भएको टिम एस टि किट्स एन्ड नेभिस प्याट्रोईट्स प्ले अफमा प्रवेश गरेको छ । आज सम्पन्न आफ्नो नवौ खेलमा जमैका टलवास विरुद्ध सात विकेटको जित निकाल्दै एस टि किट्स एन्ड नेभिस प्याट्रोईट्सले प्ले अफमा स्थान सुरक्षीत गरेको हो । जमैका टलवास विरुद्धको खेल वर्षाले प्रभावित भए पछि टिम एस टि किट्स एन्ड नेभिस प्याट्रोईट्सले डक वर्थ लुईसको आधारमा ७ विकेटको जित निकालेको हो । यस अघि टस हारेर ब्याटिङ गरेको आन्द्रे रसेलको कप्तानिमा रहेको जमैका टलवासले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रनको विशाल योगफल तयार पारेको थियो । जितका लागि २०७ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको टिम एस टि किट्स एन्ड नेभिस प्याट्रोईट्सले खेल वर्षाले प्रभावित भए पछि जितका लागि ११ ओभरमा ११८ रनको नयाँ लक्ष्य पाएको थियो । ११८ रनको लक्ष्य टिम एस टि किट्स एन्ड नेभिस प्याट्रोईट्सले ५ बल अगाबै ३ विकेट गुमाउदै भेट्याएको थियो । टिम एस टि किट्स एन्ड नेभिस प्याट्रोईट्सको जितमा सन्दिप लामिछानेको स्थानमा खेलिरहे...

एसिया कप छनोटमा नेपाल र हङकङको खेल भोलि हुँदै ।

Image
ज्ञानेन्द्र भट्ट , धनगढी , कैलाली मलेसियामा जारी एसिया कप छनोट प्रतियोगिता अन्तर्गत नेपालले भोलि लिग चरणको अन्तिम खेल हङकङ सङ्ग खेल्दैछ । जारी प्रतियोगितामा खेलेका चार खेल मध्ये दुईमा जित निकाल्दै अङ्क तालिकाको चौथो स्थानमा रहेको नेपाल फाईनल पुग्ने झिनो सम्भावना सहित अङ्क तालिकाको तेस्रो स्थानमा रहेको हङकङसङ्ग प्रतिस्पर्धा गर्दैछ । भोलि नेपालले UKM -YSD ओभल मलेसियाको मैदानमा नेपाली समय अनुसार बिहान ७:१५ बजे हङकङ सङ्ग प्रतिस्पर्धा गर्ने भएको हो । नेपालले आफ्नो चौथो खेल अन्तर्गत यसै मैदानमा सिङ्गापुरलाई चार विकेटले पराजित गरेको थियो । भोलि नै प्रतियोगिताको फाईनल होडबाजी बाट बाहिरी सकेका सिङ्गापुर र आयोजक मलेसिया तथा चार खेलबाट ७ अङ्क सहित शिर्ष स्थानमा रहेको ओमन र दोस्रो स्थानमा रहेको युएई भिड्दैछ्न । भोलि हुने खेलमा नेपालले हङकङलाई फराकिलो अन्तरले पराजित गरेमा र अर्को खेलमा ओमनले युएईलाई पनि फराकिलो अन्तरले पराजित गरेमा ओमनसङ्गै नेपाल फाईनल पुग्ने सम्भावना रहनेछ यद्यपि युएई र नेपाल मध्ये फाईनल प्रवेश गर्ने टोलिको छ्नोट रन रेटको आधारमा हुनेछ । नेपालले हङकङलाई पराजित गरे पनि र अर...

एसिया कप छनोटको फाइनल समीकरण : नेपालको सम्भावना जिवितै ।

Image
मलेसियामा जारी एसिया कप छनोट प्रतियोगिता अन्तर्गत चौथो चरणका खेलहरु समाप्त भएका छ्न । सहभागी छ टोलिहरुले चार-चार वटा खेल खेलिसकेका छ्न भने अब अन्तिम चरणको खेल भोलि हुने भएका छ्न । चार खेलबाट अहिलेसम्म ओमन ७ अङ्क सहित शिर्ष स्थानमा रहेको छ भने ६ अङ्क सहित युएई दोस्रो स्थानमा रहेको छ । त्यसै गरि आजको खेल वर्षाले रद्ध भए पछि ओमन सङ्ग अङ्क बाढेको हङकङ भने तेस्रो स्थानमा रहेको छ भने आफ्नो चौथो खेलमा सिङ्गापुरलाई ४ विकेटले पराजित गर्दै नेपाल ४ अङ्क सहित चौथो स्थानमा रहेको छ । त्यसै गरि आयोजक मलेसिया २ अङ्क सहित पुछारबाट दोस्रो तथा सिङापुर अङ्क बिहिन हुँदै फाईनल होडबाजी बाट बाहिरिएका छ्न । भोलि हुने अन्तिम चरणको खेलले फाईनल समीकरण तय गर्नेछ । भोलि हुने खेलमा नेपाल हङकङसङ्ग तथा युएई ओमन सङ्ग खेल्ने भएको छ । फाईनल प्रवेशको लागि झिनो आशा जिवित राखेको नेपालको लागि भोलि हुने खेलमा हङकङलाई फराकिलो अन्तरले हाराउनु पर्नेछ भने उता युएई ओमनसङ्ग फराकिलो अन्तरले पराजित हुनु पर्नेछ । यदि भोलिको खेलमा हङकङले नेपाललाई पराजित गरेमा र युएईले ओमनलाई पराजित गरेमा रनरेटको आधारमा ओमन र हङकङ मध्ये एक टोल...

एसिया कप छनोटको चौथो दिन तीन खेल हुँदै : नेपालले सिङ्गापुरलाई जित्नै पर्ने दवाव ।

Image
मलेसियामा जारी एसिया कप छनोट प्रतियोगिता अन्तर्गत आज चौथो दिन पनि तिनवटा खेल हुने भएका छ्न । आज हुने खेलमा पहिलो खेलमा हङकङ र ओमन , दोस्रो खेलमा नेपाल र सिङ्गापुर तथा तेस्रो खेलमा मलेसिया र युएई भिडेने भएका हुन । तीन खेलबाट एउटामात्र जित निकालेको नेपाली क्रिकेट टोलि तुलनात्मक रूपमा कमजोर देखिएको सिङ्गापुर सङ्ग अहिले बिहान ७:१५ बजे मलेसियाको वाई केएम बङ्गी मैदानमा भिड्ने भएको छ । राउण्ड रोबिनका आधारमा खेलाईने उक्त प्रतियोगिताको फाईनलमा पुग्ने सम्भावनालाई जिवित राख्न नेपालले खेल्न बाकी दुई खेलमा राम्रो रन रेटले जित निकाल्नु पर्छ भने अन्य टोलिको नतिजाको प्रतिक्षा गर्नु पर्ने हुन्छ । नेपाल पारस खड्का को नेतृत्व तथा सिङ्गापुर चेतन सुर्यवन्सिको नेतृत्वमा मैदान उत्रिदैछ । जारी प्रतियोगितामा ओमन लगातार तीन खेल जित्दै ६ अङ्क सहित तालिकाको शिर्ष स्थानमा रहेको छ भने नेपाल २ अङ्क सहित अङ्क तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ । नेपालले हिजो आयोजक मलेसियालाई १९ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको थियो । यस्तो छ नेपालको फाईनल पुग्ने सम्भावना :

शिक्षक सेवा आयोग सम्बन्धि ५० महत्त्वपूर्ण वस्तुगत प्रश्नहरु ।

Image
1.शैक्षिक जनशक्ति तालिम निति कहिले बनेको हो? - २०६२ 2. माध्यमिक शिक्षा पाठ्यक्रम ढाचा २०६४ अनुसार ऐक्षिक प्रथम पत्रमा निर्धारित भाषा समुहमा कति भाषा रहेको छ ? - २३ भाषाका विषय 3. अनौपचारिक शिक्षा बिस्तार कार्यक्रम कुन उमेर समुह का बालबालिकाहरु समाबेश हुन्छन् ? - ६ बर्ष देखि ८ बर्ष सम्म 4. नेपाल मा रेडियो शिक्षा शिक्षक तालीम कहिले सञ्चालन भयो? - सन् १९८० 5. मदरसा शिक्षा को पाठ्यक्रम ढाचा अनुसार सामाजिक अध्ययन (उर्दु भाषा ) को पठ्यभार कति हो? - ३ 6. निर्माणात्मक मूल्याकंन को साधनहरु मध्ये प्रथम चरण कुन हो? - कक्षाकार्य 7. शिक्षा ऐन २०२८ को छैटौं संसोधन कहिले भयो ? - २०५५/१०/०१ 8. नेपाल को संविधान २०७२ अनुसार अनुसूची ६ मा केको व्यवस्था छ ? - प्रदेशको अधिकार को सुची 9. राष्ट्रिय शिक्षा आयोगको प्रतिबेदन अनुसार बिशिष्टिकरणको पहिलो चरण कुन हो? - उच्च माध्यमिक शिक्षा 10. गाउँ शिक्षा समितिको बैठक सामान्यतया कति समयमा बस्नु पर्छ ? - ३ महिना को एकपटक 11. शिक्षा दिवश 2072 नारा के रहेको थियो ....? - "दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण ...

एसिया कप छनोटमा आज पनि तीन खेल हुँदै : नेपालको भेट आयोजक मलेसियासङ्ग ।

Image
मलेसियामा जारी एसिया कप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि तीन वटा खेल हुदैछ्न । कुल ६ टोलि सम्मिलित प्रतियोगितामा दुई खेलमा लगातार पराजय बेहोरेर अङ्क बिहिन बनेको नेपाल आयोजक मलेसिया सङ्ग बायुमास ओभल मैदान क्वालालम्पुरमा नेपाली समय अनुसार बिहान  ७:१५ बजे खेल्दैछ भने प्रतियोगिताको शिर्ष स्थानमा रहेको युएई  तेस्रो स्थानमा रहेको  हङकङसङ्ग आज बिहान ७:१५ खेल्ने भएको छ । त्यसैगरी आज नै हुने तेस्रो खेलमा मलेसियाको किनरारा ओभल मैदानमा प्रतियोगिता अन्तर्गत अङ्क तालिकाको दोस्रो स्थानमा रहेको ओमन र अङ्क तालिकाको पुछारमा रहेको सिङापुर भिड्ने भएका छ्न । दुबै देश बिचको खेल पनि बिहान नेपाली समय अनुसार ७:१५ मा हुनेछ । लगातार दुई खेलमा पराजय बेहोरेपछि अर्काे महिना हुने एसियाली क्रिकेट काउन्सिल (एसीसी) को एसिया कपमा भारत र पाकिस्तानका सिनियर राष्ट्रिय टोलीसँग अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा गर्ने नेपालको सम्भावना लगभग सकिसकेको छ ।

अफगानिस्तानद्वारा आयरल्यान्ड पराजित : सिरिज २-१ ले कब्जा ।

Image
अफगानिस्तानले तीन खेल सम्मीलित एकदिवसीय सिरिजको अन्तिम खेलमा घरेलुु टोलि आयरल्यान्डलाई ८ विकेटले हराउदै सिरिज २-१ ले कब्जा गरेको छ । शुक्रवार साझ सम्पन्न खेलमा राशिद खानले उत्कृष्ट बलिङ गरेपछी टस जितेर ब्याटिङ गरेको घरेलुु टोलि आयरल्यान्ड मात्र ३६.१ ओभरमा १२४ रनमा समेटिएको थियो । आयरल्यान्डलाई सस्तैमा समेट्ने क्रममा स्पिनर राशिद खानले ८ ओभरमा १८ रन खर्चिदै २ मेडन ओभर सहित ३ महत्त्वपूर्ण विकेट लिएका थिए । जितका लागि १२५ रनको विजय लक्ष्य अफगानिस्तानले २४ औ ओभरमा मात्र २ विकेट गुमाउँदै भेट्याएको थियो । अफगानिस्तानको लागि ब्याटिङमा इशानुल्लाह जनत ले अविजित ५८ रनको पारी खेलेका थिए । अन्तिम खेलमा म्यान अफ द म्याच भएका राशिद खान प्लेयर अफ द सिरिज भएका थिए । प्रतियोगिता भरी राशिद खानले ३ खेलमा ८ विकेट लिएका थिए ।

भारत विरुद्धको चौथो टेस्टमा २४६ रनमा समेटियो ईङ्गल्याण्ड ।

Image
साउथएम्टन ईङ्गल्याण्डमा चलिरहेको भारत र ईङ्गल्याण्ड बिचको चौथो टेस्टको पहिलो पारिमा ईङ्गल्याण्ड २४६ रनमा समेटिएको छ । साउथएम्टनमा टस जितेर ब्याटिङ गरेको घरेलु टोलि ईङ्गल्याण्डले खराब सुरुवातका बाबजुत आफ्नो पहिलो पारिमा २४६ रन बनाएको छ । टिमको स्कोर १ रन हुदा पहिलो विकेट गुमाएको ईङ्गल्याण्डले ८६ रन जोड्दा आफ्ना महत्त्वपूर्ण ६ विकेट गुमाए पनि सम कुरनको ७८ रनको मद्दतले पहिलो दिन सबै विकेट गुमाउँदै २४६ रन जोडेको हो । बलिङतर्फ भारतका लागि जसप्रित बुमराहले ३ , तथा ईशान्त शर्मा , रबिचन्द्र आश्विन र शमिले समान २-२ विकेट लिएका थिए भने हार्दिक पाण्डेले १ विकेट लिएका थिए । हिजो नै आफ्नो पहिलो पारी सुरु गरेको भारतले विना विकेट १९ रन जोडेको छ भारत अझै २२७ रनले पछाडी रहेको छ । ५ खेल सम्मिलित टेस्ट सिरिजमा २-१ ले ईङ्गल्याण्ड अगाडि रहेको छ ।

शिक्षक सेवा आयोग वस्तुगत प्रश्नहरु ।

Image
१- दरवार हाइस्कुलको स्थापना कहिले भएको हो? #वि.सं. १९१० २-नेपालमा उच्च शिक्षाको औपचारिक सुरुवात कहिले देखि भएको हो? #वि.सं. १९५७ ३- त्रिचन्द्र कलेजको स्थापना कहिले भएको हो ? #वि.सं. १९७५ ४-दरबार स्कुलमा सर्वसाधारणलाई कसको पाला देखि प्रवेशमा सहजता दिइएको थियो? #वीर शमशेरको पालादेखी ५-राजकीय प्रधान संस्कृत पाठशाला कहाँ स्थापना भएको थियो? #काठमाडौँको रानीपोखरीमा ६-सुरुमा आधार शिक्षण केन्द्र (आधार स्कुल) मा के के पढाइ हुन्थ्यो? #कृषि, कटाइ, बुनाइ तथा हस्तकला ७- नेपालमा शिक्षा नामक पहिलो प्रतिवेदन कहिले सार्वजनिक भएको थियो ? #वि.स. २०११ ८- शेक्षा ऐन २०२८ देशभर कति चरणमा लागु भएको थियो? #पाँच चरणमा ९- २०२८ सालमा Equal Access of Women to Education Program कुन ठाउँमा लागु भएको थियो? #पोखरा १०- अंचल शिक्षा अधिकारी कार्यालय खारेजी कहिले भएको थियो? #वि.सं. २०२८ ११- निमावि निरीक्षक हटाई प्राविनि र माविनि रहने व्यवस्था कहिले देखि भएको थियो? #वि.सं. २०३० १२- विशेष शिक्षा परिषदको गठन कहिले भएको थियो? #वि.सं. २०३० १३- निशुल्क प्राथमिक शिक्षा कहिले घोषणा भएको थियो? ...

एसिया कप छनोटमा नेपाल आज युएई सङ्ग खेल्दै : आई सि सि द्वारा अन्तर्राष्ट्रिय एकदिवसीय खेलको मान्यता ।

Image
मलेसियामा जारी एसिया कप क्वालिफायर प्रतियोगिता अन्तर्गत केही बेरमा नेपालले युनाइटेड अरब ईमिरेट्स ( युएई) सङ्ग आफ्नो दोस्रो खेल खेल्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आई सि सि ) द्वारा एकदिवसीय टिमको मान्यता पाई सकेका दुबै देश बिच आज हुने खेललाई यस अघि नै आई सि सि ले अन्तर्राष्ट्रिय एकदिवसिय खेलको मान्यता दिईसकेको छ । एकदिवसीय टिमको मान्यता पाईसकेको नेपालका लागि आजको खेल तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुनेछ । नेपालले यस अघि गत महिना नेदरल्यान्डसङ्ग उसकै घरेलु मैदानमा दुई खेल सम्मीलित अन्तर्राष्ट्रिय एकदिवसीय सिरिज खेलेको थियो भने सिरिजमा १-१ को नतिजामा चित्त बुझाएको थियो । एसिया कप छनोट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा पराजित भएको नेपालका लागि आज नेपाली समय अनुसार अहिले बिहान ७:१५ बजे सुरु हुने खेलमा नेपालले जित निकाल्न सके नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा दोस्रो जित हुनेछ भने एसिया कप छनोटको सम्भावना बलियो हुनेछ । एसिया कप छनोट प्रतियोगिताको विजेता टोलिले अगामी सेप्टेम्बर १५ बाट युएईमा सुरु हुने भारत , पाकिस्तान , श्रीलंका , बङ्गलादेश र अफगानिस्तान सम्मीलित ए...

एसिया कप छ्नोट : नेपाल विरुद्ध युएईको इतिहास बलियो ।

Image
ज्ञानेन्द्र भट्ट , धनगढी , कैलाली मलेसियामा जारी एसिया कप छनोट प्रतियोगिताका प्रमुख दावेदारको रूपमा रहेका नेपाल र युएई ( युनाईटेड अरब ईमिरेट्स ) भोलि प्रतियोगिता अन्तर्गत चौथो खेलमा नेपाली समय अनुसार बिहान ७:१५ बजे भिड्दैछ्न । दुबै टोलिको क्रिकेट ईतिहासलाई नियाल्दा जारी प्रतियोगिताको दावेदार टोलि मानिएको छ । सन १९९८ मा एक अर्का विरुद्ध पहिलो खेल खेलेका दुबै देशको क्रिकेट खेलको ईतिहासलाई हेर्दा नेपालको तुलनामा युएई बलियो मानिएको छ । अहिले सम्म खेलेका १२ ओटा खेलहरु मध्ये युएईले ८ ओटा खेलमा जित हात पारेको छ भने नेपालले ३ खेलमा मसत्रै जित निकाल्न सकेको छ भने एक खेल बराबरी भएको छ । Head to Head नेपाल र युएई ( ५० ओभरको खेल ) १ – एसिसी ट्रफी – अक्टोबर १९९८ युएई २२२/१०(४९.४ ओभर ) नेपाल १२८/१०( ३८ ओभर ) नेपाल ९४ रनले पराजित २-  नोभेम्बर २००० एसिसी ट्रफी नेपाल १७९/१० युएइ १८०/२ नेपाल ८ विकेटले पराजित ३-  २००२ एसिसी ट्रफी नेपाल १८४/१० युएई १८५/४ नेपाल ६ विकेटले पराजित ४- २००६ एसिसी ट्रफी सेमिफाइनल नेपाल १०३/१० युएइ १०५/१ नेपाल ९ विकेटले पराजित ५-  एसिसि ट्रफी एलाइट नेपाल ...

अफगानिस्तान विरुद्ध आयरल्यान्डका टिम मुर्तघको उत्कृष्ट बलिङ ।

Image
अफगानिस्तान र आयरल्यान्ड बिच चलिरहेका एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेलमा पनि आयरल्यान्डका टिम मुर्तघले अफगानिस्तान विरुद्ध उत्कृष्ट बलिङ गरेका छ्न । सिरिज अन्तर्गतको पहिलो खेलमा ४ विकेट लिएका टिम मुर्तघले दोस्रो खेलमा पनि बलिङको उत्कृष्ट लयकायम राख्दै ४ विकेट लिएका छ्न । सिभिल सर्बिस क्रिकेट मैदान , बेलफास्टमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान टिम मुर्तघको बलिङ आक्रमण को अघि निरीह भएको थियो फलस्वरूप अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै मात्र १८२ रन बनाउन सक्यो । ब्याटिङतर्फ अफगानिस्तानका नजिबुल्लाह जद्रनले सर्वाधिक ४२ , कप्तान अस्घर अफगानले ३९ तथा रहमत साहले ३२ रन बनाउन बाहेक अरुले उल्लेखनीय योगदान दिन सकेनन । बलिङतर्फ आयरल्यान्डका टिम मुर्तघले १० ओभरमा १ मेडन सहित ३० रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए । आयरल्यान्डका टिम मुर्तघले सिरिज अन्तर्गतको पहिलो खेलमा पनि ४ विकेट नै लिएका थिए । जितका लागि आयरल्यान्डले १८३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिराखेका छ । ताजा अवस्थामा आयरल्यान्डले १० ओभरमा १ विकेट गुमाउँदै ५८ रन जोडेको छ । टिमको स्कोर शुन्य रनको अवस्थामा प...

एसिया कप छनोटमा भोलि नेपालले युएई सङ्ग खेल्दै : नेपाली टोलि दवाबमा ।

Image
मलेसियामा जारी एसिया कप छनोट प्रतियोगितामा नेपालले भोलि युनाइटेड अरब ईमिरेट ( युएई ) सङ्ग खेल्दैछ । जारी प्रतियोगिताको बलियो मानिएका दुबै टोलि युएई र नेपाल मलेसियाको किनारा ओभल मैदानमा नेपाली समय अनुसार बिहान ७:१५ बजे भिड्ने भएका छ्न । मलेसियामा आजबाट सुरु भएको एसिया कप छनोट प्रतियोगितामा आफ्नो पहिलो खेलमा ओमन सङ्ग ७ विकेट हार बेहोरेको नेपाल दवाबमा रहेकोछ भने पहिलो खेलमा नै सिङ्गापुर सङ्ग २१५ रनको फराकिलो जित निकालेको युएई नेपालको सामुन्ने बलियो मानिएको छ । युएई , ओमन , सिङ्गापुर , हङकङ , नेपाल र आयोजक मलेसिया गरि छ टोलि सम्मीलित एसिया कप छनोट प्रतियोगितामा एक-एक खेल खेलेका युएई र नेपाल क्रमशः अङ्क तालिकाको पहिलो र चौथो स्थानमा रहेका छ्न । नेपाल आफ्नो पहिलो खेलमा ओमनसङ्ग हारेको थियो भने युएईले सिङ्गापुरलाई पराजित गरेको थियो । नेपाली टोलि पारस खड्काको कप्तानिमा तथा युएई रोहन मुस्तफाको कप्तानिमा मैदान उत्रिदैछ्न । पहिलो खेलमा नै अनअपेक्षित हार बेहोरेको नेपाललाई जारी प्रतियोगिता अन्तर्गत भोलिको खेलमा युएई लाई हराउनै पर्ने दवाव रहेको छ । ६ टोलि सहभागी प्रतियोगिताको विजेता टोलि...

एसिया कप छनोट भोलि देखि : पहिलो दिन तीन खेल हुँदै ।

Image
अगामी सेप्टेम्बर १५ देखि युनाइटेड अरब ईमिरेट्स ( युएई ) मा हुने एसिया कप क्रिकेट प्रतियोगितामा सहभागीता जनाउने एसोसिएट रास्ट्रहरुको लागि भोलि देखि मलेसियामा एसिया कप छनोट क्रिकेट प्रतियोगिता हुदैछ । नेपाल , युएई , हङकङ , सिङ्गापुर , मलेसिया र ओमन सहभागी प्रतियोगिता भोलिबाट सुरु भै अगामी सेप्टेम्बर ६ तारिखमा समापन हुने छ भने प्रतियोगिताको विजेता टोलिले युएई मा हुने एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिने छ । एसिया कप छनोट प्रतियोगिता अन्तर्गत हुने उद्घाटन खेलमा हङकङ र घरेलु टोलि मलेसिया आमुन्ने सामुन्ने हुदैछ्न भने प्रतियोगिता को दोस्रो खेलमा नेपाल र ओमन तथा तेस्रो खेलमा युएई र सिङ्गापुर खेल्ने भएका हुन । प्रतियोगिता अन्तर्गतको उद्घाटन खेल नेपाली समय अनुसार बिहान ७ बजे मलेसियाको किनारा एकेडेमी ओभल मैदान , क्वालालम्पुर हुदैछ भने दोस्रो खेल बिहान ७:१५ बजे बायुमास मैदान , क्वालालम्पुर तथा अन्तिम खेल पनि बिहान ७:१५ बजे नै युकेएम वाई एस डि मैदान बङ्गी मलेसियामा हुदैछ ।