इनभिजिबल डिभोर्स!
उफ् यो जेठको गर्मी! तातो हावा! जता हेर्यो उतै टन्टलापुर घाम! घरभित्र होस् या बाहिर; उम्सै उम्सो! त्यसमाथि तिखा बचनले काटेको, आस र भरोसा फाटेको, असह्य पीडा र उदासीनताले उकुसमुकुस मनभित्रको गर्मी सम्झँदा नै चिटचिट पसिना छुट्छ! प्राकृतिक गर्मीको राप त केही डल्ला बरफ मिसाएको एक गिलास लस्सी वा फ्रिजको चिसो पानीले मेट्न सक्ला। साह्रै गर्मी भए सर्लक्क नुहाउँदा केही बेर भए पनि शितल महसुस होला। वा, @ पौडेर घामको उकुसमुकुस छल्न सकिएला। तर मनमा उठेका ज्वारभाटा, पिरका पोका, चिन्ता र शंकाका कुटिरा, अनि घातका घाउ लिएर हिँडेको एक मुठी मन कति विक्षिप्त छ, कति लाचार छ भन्ने अनुभूति दुरूस्त व्यक्त गर्न म असम्भव ठान्छु। वैचारिक अन्तरद्वन्द्वले हृदयमा पारेको राप, चाप र दबाबले साँच्चै मन उकुसमुकुस छ। मानौं वर्षौंसम्म पानी नपिएसरी आकुलव्याकुल छ मन। जेठमा मरूभूमिको यात्रामा निस्किएको यात्रुसरी तड्पिएको छ मन। आफ्ना भित्री मनका चोट र पीडालाई खुलेर कसैसामु व्यक्त गर्नसम्म नसक्दा दुइटै पखेटा बाँधिएको चरासरीqq छट्पटाएको छ यो मन। अब यो भित्रभित्रै उकुसमुकुस मनलाई शितल कसरी पार्ने? म मनोविद् या मनोसामाजिकक...