Posts

Showing posts from December, 2022

ब्रेकअपपछि जब कोही विक्षिप्त हुन्छन्

Image
सात वर्षसम्म अटुट रहेको प्रेम सम्बन्ध अनायासै टुट्न पुगेपछि सागर अधिकारी विक्षिप्त बने । उनी घरबाट बाहिर निस्कन सकेनन् । ‘जतिबेला पनि उनीसँग बिताएको क्षणहरुको झझल्को आइरहने’ सागर सुनाउँछन्, ‘अब उनी मेरी हुने छैन भन्ने कुराले मन चिसो हुन्थ्यो, उनको लायक हुन नसकेकोमा ग्लानि भइरहन्थ्यो ।’ प्रेम वियोगले उनको भावनामा चोट त पुग्यो नै, दैनिकी पनि बदलियो । सुत्ने, उठ्ने, खाने, काम गर्ने तालिका सबै चौपट भयो । सुत्नका लागि निद्राको औषधि र मन बहलाउनका लागि रक्सीको सहारा लिन थाले । ‘बुवाआमाको आवाज पनि झर्कोलाग्दो लाग्न थालेको थियो । कसैसँग भेट्न, बोल्न पटक्कै मन लाग्दैनथ्यो,’ उनी भन्छन्, ‘कहाँ जाउँ के गरौं भनेर औडाहा भइरहन्थ्यो ।’ कहिले पशुपतिनाथमा बाबासँग अबेरसम्म बसेको त कहिले शिवपुरी डाँडामा जोगीहरुसँग रात गुजारेको कठोर अनुभव छ उनीसँग । ‘मैले उनलाई नै विवाह गर्छु भनेर प्रेम गरेको थिएँ । घरपरिवार, साथीभाइ सबैलाई थाहा थियो,’ उनी सुनाउँछन्, ‘अहिले पनि उनीहरुको अगाडि पर्न असहज लाग्छ ।’ ‘एउटा फिल्ममा अभिनेत्रीले ब्रेकअपको पीडा भुल्न प्रेमीको सबै सामान जलाएको देखेको थिएँ,’ उनले भने, ‘मैले पनि त्यसै ग...