Posts

Showing posts from April, 2021

आज सुदूरपश्चिममा मनाईदै 'विसु पर्व '

Image
हरेक नयां वर्षकाे पहिलाे दिन अर्थात् बैशाख संक्रान्तिमा सुदूरपश्चिमी समुदायमा विशेष महत्वका साथ ‘बिसु’ पर्व मनाउने गरिन्छ । बिसु पर्वको रमझमले बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा बेग्लै राैनक देखिन्छ  । बिसु पर्व मनाउनकै लागि यहाँका पहाडी ग्रामीण भेगका लाेग्नेमानिसहरु सीमावर्ती भारत लगायत परदेशबाट फर्किने गर्दछन् । भारतका विभिन्न शहर गएका लाेग्नेमानिस घर-गाउँ फर्किन्छ्न भने फर्किन नसक्नेहरु आफु सकुशल रहेको जानकारी दिन यो दिन घरपरिवारलाई सम्झिनेगर्छ्न । यस अवसरमा यहाँका महिला दिदीबहिनी, चेलीहरु माइतीमा पुगेर भेटघाट तथा आशीर्वाद थाप्ने र मिष्ठान्न भोजन खाने/खुवाउने चलन छ ।  बिशु पर्व तथा नयाँ वर्षकै लागि कमेराे र राताे माटाेले छ्यापेर/लिपेर घर चिटिक्क सजाइन्छ तथा सरसफाई गरिन्छ । याे काम प्राय: चैत महिनामै महिला-पुरुष मिलेर गर्छन् । यस दिन विभिन्न देवीदेउताका थानमा जाँत (मेला) समेत लाग्ने गर्छ । 💖💖💖💖💖💖💖केहाे बिसु, कसरी मनाइन्छ ?💓💓💓💓💓💓 बिसु पर्व नयाँ वर्षकाे स्वागत र खुसियालीमा मनाइने एक विशेष महत्वकाे परम्परागत चाड हाे...