क्रिकेटमा नेपालको ऐतिहासिक फड्को, अब भारत र पाकिस्तानसँग खेल्ने

नेपाली क्रीकेट टालीले ऐतिहासिक फड्को मारेको छ । 


कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल प्रतियोगिताको च्याम्पियन बनेको हो। 
च्याम्पियन बनेसँगै नेपाल एसिया कपमा छनोट भएको छ। आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा नेपालले पनि खेल्नेछ। 


युएईले उपाधि जित्न दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। 

नेपालको जितमा गुल्सन झाले अर्धशतक प्रहार गरे। उनले नटआउट ६७ रन जोड्दा भीम सार्कीले नटआउट ३६ रन जोडे। दुईबीच चौथो विकेटका लागि ९६ रनको साझेदारी भयो। गुल्सनले ८४ बलमा ३ चौका र ६ छक्का तथा भीमले ७२ बलमा ४ चौका हिर्काए। त्यसअघि नेपालका दुवै ओपनरसहित कप्तान रोहित पौडेल आउट भएका थिए। कप्तान रोहितलाई १ रनमा रोहान मुस्ताफाले शून्यमा बोल्ड गरे भने विकेटकिपर ब्याट्सम्यान आसिफ शेखलाई ८ रनमा युएईका आयान खानले एलबिडब्लू आउट गरे। 


ओपनर कुशल भुर्तेललाई १.२ ओभरमा युएईका मुस्ताफाले १ रनमा एलबिडब्लूकै धरापमा पारे। 

यस अघि कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिदा मंगलबारसम्मका लागि स्थगित भएको थियो। मंगलबार २७.३ बाट ब्याटिङ सुरु गरेको युएई ३३.१ ओभरमा ११७ रनमा अलआउट भयो। 



मंगलबार अन्तिम विकेटको रुपमा युएईका जुनइद शिद्धिकीलाई १० रनमा नेपालका ललितनारायण राजवंशीले कुशल भुर्तेलबाट क्याच गराए। युएईका लागि आसिफ खानले सबैभन्दा बढी ४६ रन जोडे। 


उनलाई आठौं विकेटको रुपमा नेपालका ललितले आरिफ शेखबाट क्याच गराए। लगत्तै अर्को बलमा ललितले जहूर खानलाई शून्यमा आउट गरे। त्यसअघि सन्दीप लामिछानेले युएईका आयन खानलाई ५ रनमा कुशल मल्लबाट क्याच गराए। 


गुल्सन झाले युएईका बासिल हामिदलाई १० रनमा बोल्ड गरे। युएईका ओपनरद्वय मोहमद वासीम ११ रन र आर्यन लक्रा १३ रनमा आउट भए। वासीमलाई सोमपाल कामी र आर्यनलाई करण केसीले आउट गरे। यस्तै वृत्य अरिवन्द ८ रन र रमिज शाहजाद १ रनमा आउट भए। वृत्यलाई करण र रमिजलाई ललितनारायण राजवंशीले आउट गरे।

 

रोहान मुस्ताफालाई २ रनमा सन्दीपले आउट गरे। बलिङमा नेपालका लागि ललितले ४ विकेट लिए। उनले ७।१ ओभरमा २ मेडन राख्दा १४ रन खर्चिए। सन्दीप लामिछाने र करण केसीले २-२ विकेट लिए भने सोमपाल कामी र गुल्सन झाले १-१ विकेट हात पारे।



यस अघि नेपाल सन २००२ मा पनि एसिया कपकालागि छनोट भएतापनि भारत पाकिस्तानको राजनैतिक विवादका कारण प्रतियागिता नै रद्द भएको थियो । 

Comments

Popular posts from this blog

सिंगल मदर ! Single Mother ...

शिक्षक सेवा आयोग तयारी ५० महत्त्वपूर्ण बस्तुगत प्रश्नहरु ।

सम्झना बसेको रहस्यमय यात्रा !!