रंग, प्रेम र सत्यको पर्व होलि - एक विषेश महत्त्व

 प्रत्येक वर्षको फागुन शुक्ल पुर्णिको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । 


यो पर्व  नेपाल , भारत तथा अन्य राष्ट्र मा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । 



असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ ।


होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । 

 

होलिको अवसरमा सानो सानो नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै एक अर्कालाई होलीको रङ्ग लगाउदै खेल्ने गर्छन् । युवा-युवतीहरू गीत गाउँदै- नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक- अर्कासित मिल्छन् ।


यस पर्वलाई फाल्गुनको महिनामा मनाउने भएकाले यसलाई फगुआ पनि भन्ने गरिन्छ । 

होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूणिर्माको

अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा

जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी

रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।



फागुन शुक्ल अष्टमीको दिन काठमाडौँ को वसन्तपुर दरबार अगाडि चीर-विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर -लिङ्गोलाई ढालेर

जलाएपछि समाप्त भएको ठानिन्छ । 



होलीको बारेमा पौराणिक भनाइ अनुसार प्राचीन समयमा अथवा सत्य युग मा नास्तिक हिरण्यकश्यपु नामक एक जना राक्षस को जन्म भएको थियो । हिरण्यकश्यपुलाई भगवान विष्णु ले नृसिंह अवतार लिएर मारेका थिए । हिरण्यकश्यपुका छोरा भक्त प्रह्लाद थिए । भक्त प्रह्लाद भगवान विष्णुका निकै भक्त थिए । आफ्नै छोरा प्रह्लादले भगवान विष्णुको आराधना गरेको हिरण्यकश्यपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएको थियो । एक योजना अनुसार हिरण्यकश्यपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएको थियो । जसले अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन् ।


दाजुको आदेशानुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ । भने अर्को एक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंशकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ ।



हिन्दू धर्म मान्नेहरुको बाहुल्यता भएको नेपालमा होलीको रौनक पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म भब्य हुन्छ। 


नेपालमा पहाडी क्षेत्रमा फागुपुर्णिमाको दिन होली मनाइन्छ भने त्यसको भोलीपल्ट मात्र तराइमा होली मनाइन्छ । फागुपुर्णिमा बर्तमानलाई सर्वस्व ठानेर नवीन आशा एवम् उत्साहको संचार गर्दै हरेक पल सुखमय ढंगले व्यतीत गर्नु पर्छ भन्ने मान्यता राख्ने पर्व हो। पुराना रिस ,राग , द्वेष र क्येसलाई बिर्सेर नयाँ उत्साह र उमंग संचार गर्ने पर्व हो ।


महिला र पुरुषहरुले मिलेर परम्परागत मौलिक गितहरु गाउँदै , नाच्दै , रमाईलो गर्दै मनाईने होलि पर्व अचेल पश्चिमा सस्कृतिको आगमनले केही ओझेलमा परेको देखिन्छ । 

Comments

Popular posts from this blog

सिंगल मदर ! Single Mother ...

शिक्षक सेवा आयोग तयारी ५० महत्त्वपूर्ण बस्तुगत प्रश्नहरु ।

सम्झना बसेको रहस्यमय यात्रा !!