टि-20 विश्वकपको उपाधी अस्ट्रेलियालाई,फाईनलमा दक्षिण अफ्रीका १९ रनले पराजित

अस्ट्रेलियाले आईसिसी महिला टि२० विश्वकप २०२३ को उपाधि जितेको छ । घरेलु टोली दक्षिण अफ्रिकालाई १९ रनले हराउँदै अष्ट्रेलियाले छैटौं पटक महिला टि २० विश्वकपको उपाधी जितेको हो ।


जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ३७ रन बनायो । दक्षिण अफ्रिकाको लागि ओपनर लौरा वोल्भार्डटले ४८ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ६१ रन बनाईन । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

अष्ट्रेलियाको लागि मेगन स्कट,एलिसा गार्डनर,डार्सी ब्राउन र जेस ज्यानसेनले एक एक विकेट लिए ।

त्यसअघि केप टाउनमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । अष्ट्रेलिया ओपनर बेथ मुनिले ५३ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ७४ रनको योगदान दिइन् । ओपनर एलिसा हेलि १८, एलिसा गार्डनर २९, ग्रेस हरिस र कप्तान मेघ लनिङले १०-१० रन बनाए ।

अफ्रिकाकि सबनिम इस्मालीले ४ ओभरमा १ मेडनसहित २६ रन खर्चेर २ विकेट लिईन् । मरिजान क्यापले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिईन् ।

सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्ड तथा अष्ट्रेलियाले भारतलाई हराउँदै फाइनलमा भेट पक्का गरेका थिए । अष्ट्रेलियाले यसअघि २०१०, २०१२, २०१४, २०१८ र २०२० मा महिला टि२० विश्वकपको उपाधी जितेको थियो ।

Comments

Popular posts from this blog

सिंगल मदर ! Single Mother ...

शिक्षक सेवा आयोग तयारी ५० महत्त्वपूर्ण बस्तुगत प्रश्नहरु ।

सम्झना बसेको रहस्यमय यात्रा !!