आज सुदूरपश्चिममा मनाईदै 'विसु पर्व '
हरेक नयां वर्षकाे पहिलाे दिन अर्थात् बैशाख संक्रान्तिमा सुदूरपश्चिमी समुदायमा विशेष महत्वका साथ ‘बिसु’ पर्व मनाउने गरिन्छ ।
बिसु पर्वको रमझमले बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा बेग्लै राैनक देखिन्छ । बिसु पर्व मनाउनकै लागि यहाँका पहाडी ग्रामीण भेगका लाेग्नेमानिसहरु सीमावर्ती भारत लगायत परदेशबाट फर्किने गर्दछन् । भारतका विभिन्न शहर गएका लाेग्नेमानिस घर-गाउँ फर्किन्छ्न भने फर्किन नसक्नेहरु आफु सकुशल रहेको जानकारी दिन यो दिन घरपरिवारलाई सम्झिनेगर्छ्न ।
यस अवसरमा यहाँका महिला दिदीबहिनी, चेलीहरु माइतीमा पुगेर भेटघाट तथा आशीर्वाद थाप्ने र मिष्ठान्न भोजन खाने/खुवाउने चलन छ ।
बिशु पर्व तथा नयाँ वर्षकै लागि कमेराे र राताे माटाेले छ्यापेर/लिपेर घर चिटिक्क सजाइन्छ तथा सरसफाई गरिन्छ । याे काम प्राय: चैत महिनामै महिला-पुरुष मिलेर गर्छन् । यस दिन विभिन्न देवीदेउताका थानमा जाँत (मेला) समेत लाग्ने गर्छ ।
💖💖💖💖💖💖💖केहाे बिसु, कसरी मनाइन्छ ?💓💓💓💓💓💓
बिसु पर्व नयाँ वर्षकाे स्वागत र खुसियालीमा मनाइने एक विशेष महत्वकाे परम्परागत चाड हाे । याे विषेशगरी सुदूरपश्चिम प्रदेशका सातवटा पहाडी जिल्लामा मनाइन्छ ।
हरेक साल बैशाख १ गते मनाइने याे पर्वकाे एक राेचक प्रचलन के छ भने देवर-भाउजू, नन्द-भाउजू र साली-भिनाजुहरूले एकआपसमा सिस्नुपानीले हानेर रमाइलाे गर्ने गर्छन् । देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैंले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ ।
बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने विश्वास गरिन्छ । विशेष गरी देवर–भाउजुबीच सिस्नो लगाउन जुहारी नै चल्छ । तर, पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन बिस्तारै लाेप हुँदै गएकाे छ ।
बिसु पर्वमा मुख्यातया मासकाे दालबाटबाट बनाइने विशेष स्थानीय परिकार ‘बटुक’ र चुकाउनी खाने चलन । यसका साथै खिर, सेल, पुरीलगायत मिष्ठान्न पकाएर खाने चलन छ । तर यस दिन ननुहाईकन खाना नखाने मान्यता छ, नुहाउन पनि जाैँ-तील, तितेपातीलगायत सामग्री प्रयाेग गरिन्छ, जुन पवित्रताकाे प्रतीक मानिन्छ ।
बिसुको अवसरमा देउडा खेल्ने, विभिन्न प्रतियोगिता सञ्चालन गरी रमाइलो गर्ने गरिन्छ । यस दिन गाइने देउडा भाका ‘बुढी माइतै बाली माइतै विसु खी बखत, कि रातो गुराँउसी फूल कि रातो रगत…’ जस्ता राेचक हुन्छन् ।
यस दिन महिलाहरूले पुतला नाच खेल्ने तथा पुरुषहरूले बिसु बाघ बनाएर दौडाउने समेत गर्छन् । बिसु तिहारकै दिन कुलदेवताको पूजा गरी ‘गतानी डुब्का’ (स्थानीय खानाको परिकार) पकाएर खाने चलन समेत छ ।
Comments
Post a Comment