राशिद खानको सट्टा पाकिस्तान सुपर लिग खेल्न पाकिस्तान उडे सन्दिप

नेपाली क्रिकेटर सन्दिप लामिछाने पाकिस्तानमा जारी पाकिस्तान सुपर लिग खेल्न पाकिस्तान गएका छन । सन्दिप अफगानिस्तानी क्रिकेटर रासिद खानको सट्टामा लाहोर कलन्दर्स टिमबाट खेल्न आज पाकिस्तान उडेका हुन ।
जिम्बावेविरुद्धको टेष्ट र टी २० सिरिजका कारण अफगानिस्तानी क्रिकेटर रासिद खानले पीएसएलको विचमा नै प्रतियोगिता छोड्नु परेको थियो ।

पीएसएलको ड्राफ्टमा सन्दिप परेपनि अन्तिममा विक्रि भएका थिएनन् । सन्दिपले सन् २०१९ मा पनि लाहोरबाट नै पीएसएल खेलेका थिए । साे सिजनमा उनले ७ खेलमा ११ विकेट लिएका थिए यसपटक सन्दिप विचमा नै टिममा समावेश भएपनि बाँकी सिजन खेल्ने संभावना रहेको छ ।

प्रतियोगितामा लाहोर तेस्रो स्थानमा रहेको छ ।

Comments

Popular posts from this blog

सिंगल मदर ! Single Mother ...

शिक्षक सेवा आयोग तयारी ५० महत्त्वपूर्ण बस्तुगत प्रश्नहरु ।

सम्झना बसेको रहस्यमय यात्रा !!