पोखरा प्रिमियर लिगको उपाधी पोखरा पल्टन्सलाई : फाईनलमा चितवन ३ विकेटले पराजित ।

पोखरामा सम्पन्न प्रथम पोखरा टि-२० प्रिमियर लिगको उपाधी शरद भेषावकरको कप्तानिमा रहेको पोखरा पल्टन्सले उचालेको छ । 


पोखरा रंगशालामा भर्खरै सम्पन्न फाईनल खेलमा पारस खड्काको कप्तानिमा रहेको चितवन राईनोजलाई ३ विकेट पराजित गर्दै पोखराले उपाधी कब्जा गरेको । उपाधी कब्जा  गरेसङ्गै पोखराले २७ लाख नगद हात पारेको छ भने चितवन राईनोजले १० लाखमा चित्त बुझाएको छ । 


फाईनल खेलमा चितवन राईनोजले जितको लागि दिएको १६१ रनको लक्ष्य पोखराले १९.२ ओभरमा ७ विकेट गुमाउँदै भेटेको थियो । पोखराको जितमा भारतिय खेलाडी रबि इन्दर सिहले सर्वाधिक ९० रन , युएका खेलाडी महोम्मद नबिदले २५ , शरद भेषावकरले २२ र आशिफ सेइखले १२ रनको महत्त्वपूर्ण योगदान दिएका थिए । 


बलिङतर्फ चितवनका भुवन कार्किले २ , सन्नी पटेलले , करन के सि र कप्तान पारस खड्काले १-१ विकेट लिएका थिए । 


यसअघि पोखरा विरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६० रनको सम्मानजनक स्कोर तयार पारेको थियो। चितवनको ब्याटिङ कप्तान पारस खड्काले सर्वाधिक ५० , सन्नी पटेलले ४३ र अनिल कुमार साहले ३७ रनको महत्त्वपूर्ण योगदान दिएका थिए । आक्रामक ब्याटिङ गरेका कप्तान पारसले ३७ बलमा ९ चौका प्रहार गरेका थिए भने अर्का आक्रामक ब्याट्सम्यान सन्नी पटेलले पनि २१ बलमा ३ चौका र ४ छ्क्का प्रहार गरेका थिए ।


बलिङतर्फ पोखराका कमल सिह कार्किले २ तथा ललित राजबन्शी र महोम्मद नविदले समान १-१ विकेट लिएका थिए भने कप्तान पारस खड्का रन आउट भएका थिए ।


क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रा. लिको आयोजनामा पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा देशभरीबाट विभिन्न ६ टिमको सहभागिता रहेको थियो ।


Comments

Popular posts from this blog

सिंगल मदर ! Single Mother ...

शिक्षक सेवा आयोग तयारी ५० महत्त्वपूर्ण बस्तुगत प्रश्नहरु ।

सम्झना बसेको रहस्यमय यात्रा !!