पोखरा प्रिमियर लिग :समहु चरणको हारको बदला लिदै उपाधी उचाल्ने दाउमा पारस ।

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रा. लिको आयोजनामा देशकै सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिताको उपाधी भिडन्त आज हुदैछ ।

पोखरा रंगशालामा नेपाली समय अनुसार बिहान ११ बजे  हुने उपाधि भिडन्तमा पारस खड्का नेतृत्वको चितवन राइनोज र शरद भेषवाकर नेतृत्वको घरेलु टोली पोखरा पल्टनबीच प्रतिस्पर्धा हुदैछ । 

जारी प्रतियोगिताको समूह चरणमा पोखरा पल्टन्सले चितवन राईनोजमाथी ५ विकेटको जित निकालेको थियो । आजको फाईनल खेलमा चितवन राईनोज समुह चरणमा बेहोरेको हारको बदला लिदै उपाधी उचाल्ने दाउमा रहेको छ  भने पोखरा पलट्न्स चितवनमाथी लगातार दोस्रो जित निकाल्दै उपाधी उचाल्ने दाउमा रहेको छ । 

समुह चरण चितवन माथी निकालेको जित र घरेलु समर्थकको राम्रो साथ पाएको पोखरालाई चितवन माथी दवाव सृजना गर्न सजिलो हुने देखिन्छ भने विगतमा सम्पन्न प्रतियोगिताको उपाधी भिडन्तमा शरद नेतृत्वको टिम विरुद्ध शतप्रतिशत नतिजा निकालेको चितवन पनि बलियो मनोबल सहित मैदान उत्रिदैछ । 

जारी प्रतियोगितामा पोखरा पल्टन्स समुह चरणमा शिर्ष टोलि बन्दै फाईनल प्रवेश गरेको हो भने चितवन राईनोजले ईलिमिनेटरमा काठमान्डै रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । 

प्रतियोगिताको उपाधी विजेता टोलिले २७ लाख र उप विजेता टोलिले १० लाख पुरस्कार पाउनेछ्न ।


Comments

Popular posts from this blog

सिंगल मदर ! Single Mother ...

शिक्षक सेवा आयोग तयारी ५० महत्त्वपूर्ण बस्तुगत प्रश्नहरु ।

सम्झना बसेको रहस्यमय यात्रा !!