कप्तान पारसको उत्कृष्ट ब्याटिङ : पोखरा लाई जितको लागि १६१ रनको लक्ष्य प्रस्तुत ।
क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रा. लिको आयोजनामा सुन्दर नगरी पोखरामा जारी देशकै सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता अन्तर्गत फाईनल खेलमा चितवन राईनोजका कप्तान पारस खड्काले उत्कृष्ट अर्धशतकिय पारी खेलेका छ्न ।पारस खड्काको जारी प्रतियोगितामा पहिलो अर्धशतक पनि हो ।
यसैबीच पोखरा रंगशालामा जारी फाइनल खेलमा पोखरा पल्टन्सलाई चितवन राईनोजले १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।पोखरा विरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६० रनको सम्मानजनक स्कोर तयार पारेको हो । चितवनको ब्याटिङ कप्तान पारस खड्काले सर्वाधिक ५० , सन्नी पटेलले ४३ र अनिल कुमार साहले ३७ रनको महत्त्वपूर्ण योगदान दिएका थिए । आक्रामक ब्याटिङ गरेका कप्तान पारसले ३७ बलमा ९ चौका प्रहार गरेका थिए भने अर्का आक्रामक ब्याट्सम्यान सन्नी पटेलले पनि २१ बलमा ३ चौका र ४ छ्क्का प्रहार गरेका थिए ।
बलिङतर्फ पोखराका कमल सिह कार्किले २ तथा ललित राजबन्शी र महोम्मद नविदले समान १-१ विकेट लिएका थिए भने कप्तान पारस खड्का रन आउट भएका थिए ।
जितको लागि १६१ रनको लक्ष्य पाएको शरद भेषावकरको कप्तानिमा रहेको पोखरा पल्टन्सले केहिबेरमा जवाफी ब्याटिङ गर्दैछ ।
जारी प्रतियोगितामा पोखरा पल्टन्स समुह चरणमा शिर्ष टोलि बन्दै फाईनल प्रवेश गरेको हो भने चितवन राईनोजले ईलिमिनेटरमा काठमान्डै रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
प्रतियोगिताको उपाधी विजेता टोलिले २७ लाख र उप विजेता टोलिले १० लाख पुरस्कार पाउनेछ्न ।
Comments
Post a Comment