सन्दिप लामिछाने र सोमपाल कामी पाकिस्तान सुपर लिगको ड्राफ्टमा पर्न सफल

नेपाली क्रिकेटर द्वय सन्दीप लामिछाने र सोम पाल कामी पाकिस्तान सुपर लिगको ड्राफ्टमा पर्न सफल भएका छ्न । 


स्पिनर सन्दिप लामिछाने पाकिस्तान प्रिमियर लिगको गोल्डेन क्याटेगोरिमा परेका छन भने सोमपाल कामी सिल्भर क्याटेगोरी मा पर्न सफल भएका हुन । 


सन्दिप लामिछानेको समुहमा मा टेस्ट राष्ट्रका उत्कृष्ट लिस्ट ए सङ्गै राष्ट्रिय खेलाडी हरु छन भने सोमपाल कामी परेको क्याटेगोरिमा एसोसिएट राष्ट्रियका खेलाडिहरु समाबेश रहेकाछन ।


अगामी नोभेम्बर २० मा विश्वभरिका ३७१ जना क्रिकेटरहरु  सहभागी रहेको ड्राप्टको अन्सन हुदैछ । 


आफ्नो स्पिन जादु बाट विश्व भरिका टि-२० लिगमा उत्कृष्ट प्रदर्शन गर्न सफल सन्दिप लामिछाने र बलिङ अलराउण्डरको रूपमा समेत चिनिएका सोमपाल कामिले नेपाली राष्ट्रिय टोलिबाट विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सफल भएका छ्न । 


यस अघि पनि अफगानिस्तानमा सम्पन्न अफगानिस्तान टि-२० प्रिमियर लिगमा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का , सन्दिप लामिछाने र सोमपालको नाम प्रारम्भिक लिस्टमा परे पनि अक्सन मार्फत सन्दिप मात्रै छ्नोट भएका थिए । 

Comments

Popular posts from this blog

सिंगल मदर ! Single Mother ...

शिक्षक सेवा आयोग तयारी ५० महत्त्वपूर्ण बस्तुगत प्रश्नहरु ।

सम्झना बसेको रहस्यमय यात्रा !!