पोखरा प्रिमियर लिग : उपाधिको लागि चितवन राइनोज र पोखरा पल्टनबीच भिडन्त हुँदै ।
पोखरामा जारि प्रथम नमस्ते पोखरा टि-२० प्रिमियर लिग (पीपीएल) को उपाधिको लागि आज पारस खड्का नेतृत्वको चितवन राइनोज र शरद भेषवाकर नेतृत्वको घरेलु टोली पोखरा पल्टनबीच भिडन्त हुँदैछ ।खेल विहान ११ बजेबाट पोखरा रंगशालामा हुदैछ ।
जारी प्रतियोगितामा पोखरा पल्टन्स समुह चरणमा शिर्ष टोलि बन्दै फाईनल प्रवेश गरेको हो भने चितवन राईनोजले ईलिमिनेटरमा काठमान्डै रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
पारस र शरद नेपाली घरेलुु क्रिकेट प्रतियोगिताको उपाधिको लागि तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेका हुन यस अघि धनगढीमा सम्पन्न प्रथम धनगढी प्रिमियर लिग (डिपिएल २०१७) र एभरेस्ट प्रिमियर लिग (ईपिएल २०१७) को उपाधिको लागि दुबै नेतृत्वको टोलिले प्रतिस्पर्धा गरेको थियो भने पारस नेतृत्वको टोलिले दुबै प्रतियोगिताको उपाधी उचालेको थियो ।
यस पटक भने समुह चरणको खेलमा पारसको टिमलाई ६ विकेटको फराकिलो अन्तरले पराजित गरेको घरेलु टोलि पोखरा उच्च मनोबलका साथ मैदान उत्रिदैछ भने पारस नेतृत्वको टोलि समूह चरणको हारको बदला लिदै उपाधी उचाल्ने दाउमा रहेको छ ।
प्रतियोगितामा ६ टोलिको सहभागिता रहेको थियो भने अन्य ४ टोलि समूह चरणबाटै बाहिरिएका थिए ।
प्रतियोगिताको उपाधी विजेता टोलिले २७ लाख र उप विजेता टोलिले १० लाख पुरस्कार पाउनेछ्न ।
Comments
Post a Comment