CPL टि-२० : सन्दिप लामिछाने सम्मीलित टिम प्ले अफमा प्रवेश ।
By Gyanendra Bhatta .
September 3, 2018
वेस्टईन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग अन्तर्गत नेपाली लेग स्पिनर सन्दीप सम्मिलित भएको टिम एस टि किट्स एन्ड नेभिस प्याट्रोईट्स प्ले अफमा प्रवेश गरेको छ ।
आज सम्पन्न आफ्नो नवौ खेलमा जमैका टलवास विरुद्ध सात विकेटको जित निकाल्दै एस टि किट्स एन्ड नेभिस प्याट्रोईट्सले प्ले अफमा स्थान सुरक्षीत गरेको हो ।
जमैका टलवास विरुद्धको खेल वर्षाले प्रभावित भए पछि टिम एस टि किट्स एन्ड नेभिस प्याट्रोईट्सले डक वर्थ लुईसको आधारमा ७ विकेटको जित निकालेको हो । यस अघि टस हारेर ब्याटिङ गरेको आन्द्रे रसेलको कप्तानिमा रहेको जमैका टलवासले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रनको विशाल योगफल तयार पारेको थियो ।
जितका लागि २०७ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको टिम एस टि किट्स एन्ड नेभिस प्याट्रोईट्सले खेल वर्षाले प्रभावित भए पछि जितका लागि ११ ओभरमा ११८ रनको नयाँ लक्ष्य पाएको थियो । ११८ रनको लक्ष्य टिम एस टि किट्स एन्ड नेभिस प्याट्रोईट्सले ५ बल अगाबै ३ विकेट गुमाउदै भेट्याएको थियो ।
टिम एस टि किट्स एन्ड नेभिस प्याट्रोईट्सको जितमा सन्दिप लामिछानेको स्थानमा खेलिरहेका दक्षिण अफ्रिकाका रैसी भान दर डुसेनले २४ बलमा ४५ रनको पारी खेलेका थिए भने कप्तान क्रिस गेलले ४१ तथा मेहमदुल्लाहले ११ बलमा २८ रनको महत्त्वपूर्ण योगदान दिएका थिए ।
लिग चरण अन्तर्गत खेलेका ९ खेलमध्ये ४ मा जित निकाल्दै टिम एस टि किट्स एन्ड नेभिस प्याट्रोईट्स ९अङ्कका साथ अङ्क तालिकाको चौथो स्थानमा रहेको छ ।
टिम एस टि किट्स एन्ड नेभिस प्याट्रोईट्सले भोलि लिग चरणको अन्तिम खेल बारबडोस ट्रिड्र्न्स सङ्ग खेल्दैछ ।
नेपाली लेग स्पिनर सन्दिप लामिछाने हाल एसिया कप छनोट खेल्न मलेसियामा रहेका भएता पनि क्यारेबियन प्रिमियर लिगमा एस टि किट्स एन्ड नेभिस प्याट्रोईट्सबाट सहभागीता जनाउँदै ५ खेल खेलेका थिए भने पाँच खेलमा उत्कृष्ट बलिङ गर्दै महत्त्वपूर्ण ७ विकेट समेत लिएका थिए ।
Comments
Post a Comment