अफगानिस्तान प्रिमियर लिगको ड्राप्टमा नेपाली क्रिकेटर पारस खड्का र सोमपाल कामी सामेल ।
अफगानिस्तान क्रिकेट वोर्डले जारी गरेको अफगानिस्तान प्रिमियर लिगको प्रारम्भिक ड्राप्टमा नेपाली क्रिकेटर पारस खड्का र सोमपाल कामी सामेल भएका छ्न ।
नेपालि लेग्स्पिनर बलर सन्दिप लामिछाने बारे भने कुनै जानकारी गराईएको छैन यद्यपि भोलि हुने फाईनल छ्नोट सम्म खेलाडीहरु सुची अपडेट गरिने कुरा नागरिक दैनिकको अङ्ग्रेजी वेबसाईटमा जनाईएको छ ।
सन्दिप लामिछाने पछि टेस्ट मान्यता प्राप्त रास्ट्रले आयोजना गर्न लागेको प्रतियोगितामा छ्नोट भएमा पारस र सोमपालको लागि पहिलो अवसर हुनेछ ।
सोमबार दुबईमा आयोजना गरिएको कार्यक्रम मार्फत विश्व भरिका ३५० जना खेलाडीहरु सहभागि रहेको ड्राप्ट पेपर बारे जानकारी गराईएको थियो भने खेलाडीहरुको अन्तिम छ्नोट अक्सन मार्फत भोलि गरिदैछ ।
कुल ६ टोलि सम्मिलित प्रतियोगितामा एसोसिएट रास्ट्रबाट रोहन मुस्तफा , चिराग सुरि जस्ता खेलाडी समावेश गरिएको छ । ड्राप्टमा सहभागी खेलाडीहरुलाई विभिन्न वर्गबाट अन्तिम छ्नोट गरिने जनाएको छ । अन्तिम छ्नोट गरिने वर्गमा आईकन , डाईमन्ड , गोल्ड , सिल्भर ,आईसिसी एसोसिएट र इमर्जिङ रहेका छ्न ।
प्रतियोगिताको अन्तिम छ्नोट भोलि सेप्टेम्बर १० मा हुने भएको छ भने प्रतियोगिताको आयोजना अगामी अक्टोबर ५ देखि २१ सम्म संयुक्त अरब ईमिरेटमा हुने छ ।
Comments
Post a Comment