एसिया कप क्वालिफायर : पारस खड्का भर्सेस बाबर हयात ।
ज्ञानेन्द्र भट्ट ,
धनगढी , कैलाली
मलेसियामा जारी एसिया कप छनोट प्रतियोगितामा आज नेपाल र हङकङ प्रतिस्पर्धा गर्दै छ्न ।
जारी प्रतियोगितामा ४ अङ्क सहित नेपाल अङ्क तालिकाको चौथो स्थानमा रहेको छ भने हङकङ ५ अङ्क सहित तेस्रो स्थानमा रहेको छ । अङ्क तालिकाको शिर्ष स्थानमा ओमन रहेको छ भने दोस्रो स्थानमा युएई रहेको छ ।
आज हुने खेलबाट शिर्ष दुई टोलि फाईनल प्रवेश गर्ने छ्न भने विजेता टोलि एसियाका पावर हाउस रास्ट्रसङ्ग सेप्टेम्बर १५ देखि एसिया कप खेल्ने छ ।
जारी प्रतियोगितामा एसोसिएट रास्ट्र मध्ये नेपाली टिमका कप्तान पारस खड्का तथा हङकङ टिमका कप्तान बाबर हयातको खेल हेर्न लायक हुने अपेक्षा गरिएपनी नेपाली टिमका कप्तान खड्काले अपेक्षित खेल प्रदर्शन गर्न सकेका छैनन ।
जुनसुकै अवस्थामा पनि नतिजा आफ्नो पक्षमा पार्न सक्ने क्षमता भएका ३० वर्षीय दायाँ हाते अलराउन्डर ब्याट्सम्यान खड्काले जारी प्रतियोगितामा ४ खेलमा ५ चौका सहित ४८ रन जोडेका छ्न भने २६ वर्षीय दायाँ हाते अलराउन्डर बाबर हयातले ४ खेलमा १३ छ्क्का र १२ चौका सहित १९१ रन जोडेका छ्न जसमा एक शतक समेत रहेको छ ।
आक्रामक ब्याट्सम्यानको रूपमा चिनिने दुबै कप्तान मध्ये हालसम्म बाबर हयातले २० अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा ८ अर्धशतक सहित ७६० रन जोडेका छ्न भने नेपाली टिमका कप्तान पारस खड्काले ३ अन्तर्राष्ट्रिय एकदिवसीय खेलबाट एक अर्धशतक सहित ७९ रन जोडेका छ्न ।
हान नेपाल आई सि सि को एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त रास्ट्र हो भने हङकङले जिम्बावेमा भएको वान डे वर्ल्डकप क्वालिफायरमा नेपालसङ्ग पराजित हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता गुमाएको थियो ।

Comments
Post a Comment