एसिया कप छनोटमा भाग्यले साथ दिएन : जगत टमटा ।

नेपाली क्रिकेट टोलिका प्रमुख प्रशिक्षक जगत बहादुर टमटाले एसिया कप छ्नोटमा नेपाल पराजित हुनुको कारण नेपाली टोलिलाई भाग्यले साथ नदिनु रहेको बताएका छ्न । मलेसियामा सम्पन्न एसिया कप छ्नोट प्रतियोगितामा भाग लिए शुक्रबार स्वदेश पर्किने बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा सन्चारकर्मी सङ्ग छोटो प्रतिक्रिया दिदै जगत टमटाले भने "एसिया कप छ्नोटमा ठुलै अपेक्षा राखेर राम्रो तयारीका साथ थियौ तर केटाहरू राम्रो खेल खेल्दा खेल्दै पनि यसपटक हामिलाई लकले साथ दिएन , केही गलत निर्णयहरु पनि भए , समग्रमा हामिलाई भाग्यले साथ दिएन र मौका गुमायौ । " एसियाली क्रिकेट काउन्सिलको आयोजनामा भएको छ्नोट प्रतियोगितामा नेपाल सहित हङकङ , युएई , ओमन , सिङ्गापुर र मलेसियाको सहभागीता रहेको थियो भने प्रतियोगितामा नेपाल दुई खेल जित्दै चौथो स्थानमा रहेको थियो । हङकङ भने फाईनल खेलमा युएईलाई पराजित गर्दै अगामी सेप्टेम्बर १५ देखि २८ सम्म संयुक्त अरब ईमिरेटसमा हुने एसिया कप क्रिकेटको लागि छ्नोट भएको छ र हङकङले अब एसिया कपमा टेस्ट मान्यता प्राप्त भारत र पाकिस्तान को समूह ए मा रहि प्रतिस्पर्धा गर्नेछ ।

Comments

Popular posts from this blog

सिंगल मदर ! Single Mother ...

शिक्षक सेवा आयोग तयारी ५० महत्त्वपूर्ण बस्तुगत प्रश्नहरु ।

सम्झना बसेको रहस्यमय यात्रा !!