एसिया कप छ्नोटको फाईनल खेलमा हङकङद्वारा युएई पराजित ।

मलेसियामा सम्पन्न एसिया कप छनोट प्रतियोगिताको उपाधि जित्दै हङकङ अगामी सेप्टेम्बर १५ बाट युएईमा हुने एसिया कप क्रिकेटको लागि छनौट भएको छ । मलेसियाको किनरारा मैदानमा भएको रोमाञ्चक फाइनल खेलमा हङकङले युएईलाई २ विकेटले पराजित गरेको हो । एसिया कप छनोटको फाइनल जिते सङ्गै हङकङको एसिया कप खेल्ने सपना पूरा भएको हो । वर्षाले प्रभावित खेलमा युएइले हङकङलाई २४ ओभरमा १७९ रन लक्ष्य प्रस्तुत गरेको थियो । जितको लागि १७९ रनको लक्ष्य पछायाएको हङकङले २३.३ ओभरमा ८ विकेट गुमाए लक्ष्य पुरा गरेको थियो। हङकङका लागि निजकत खानले ३८, क्रिस्टोफर कार्टरले ३३, अंशुमन राठले २८ रन बनाएका थिए। टस हारेर ब्याटिंग गरेको युएईले २४ ओभरमा ९ विकेट गुमाउदै १७६ रन बनाएको हो। युएईका लागि असफाक अहमदले सर्वाधिक ७९ रन बनाएका थिए।  असफाकले ५१ बलमा ६ छक्का र ९ चौका हान्दै ७९ रन बनाएका थिए। त्यस्तै साइमन अनवरले २२, मोहमद उसमानले १६ रन बनाएका थिए। त्यस्तै चिराग सुरीले ११ रन बनाए भने कप्तान रोहन मुस्तफा शुन्य रनमा आउट भएका थिए।बलिङतर्फ हङकङका एजाज खानले ५, नदीम अहमदले ३ तथा तनबीर अफजलले एक विकेट लिएका थिए भने एजाज खानले एकै ओभरमा ३ विकेट लिएका थिए। एसिया कप छ्नोटमा नेपाल , युएई , ओमन , हङकङ , मलेसिया र सिङ्गापुरको सहभागिता रहेको थियो भने नेपाल लिग चरणबाट बहिरिएको थियो । आगामी सेप्टेम्वर १५ देखि २८ सम्म युएईमा हुने एसिया कप प्रतियोगितामा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र र कप क्वालिफायरबाट छनौट भएको एसोसिएट रास्ट्र हङकङसहित ६ देशको सहभागिता रहेको छ । अब हङकङ भारत र पाकिस्तान सङ्ग समूह ए तथा बंगलादेश, श्रीलंका र अफगानिस्तान समूह बी मा रहेका छ्न ।

Comments

Popular posts from this blog

सिंगल मदर ! Single Mother ...

शिक्षक सेवा आयोग तयारी ५० महत्त्वपूर्ण बस्तुगत प्रश्नहरु ।

सम्झना बसेको रहस्यमय यात्रा !!