बलिङमा सन्दिप को उत्कृष्ट प्रदर्शन : एसिया कप छनोटमा बने सबैभन्दा बढि विकेट लिने दोस्रो खेलाडी ।
नेपालका १८ वर्षीय लेग स्पिनर बलर सन्दिप लामिछानेले मलेसियामा जारी एसिया कप छनोट छनोट प्रतियोगितामा उत्कृष्ट बलिङ पर्दर्शन गरेका छ्न ।
जारी प्रतियोगितामा पाँच खेल खेलेको नेपालका लागि सन्दिप लामिछानेले १४ विकेट लिएका थिए । पाँच खेल मध्ये ३ खेलमा पराजय बेहोरेको नेपाल उपाधी होडबाट बाहिरिए पनि सन्दिप लामिछाने भने एसिया कप छनोट प्रतियोगितामा सबैभन्दा बढि विकेट लिने खेलाडीको सुचिमा दोस्रो भएका छन । लामिछानेले पाँच खेलबाट १४ विकेट लिएका छ्न भने प्रतियोगितामा सबैभन्दा बढि विकेट लिने खेलाडीमा युएईका अहमेद राजा रहेका छ्न उनले ५ खेलबाट १५ विकेट लिएका छ्न ।
प्रतियोगितामा सन्दिप लामिछानेको बलिङ एभरेज सबैभन्दा उत्कृष्ट रहेको थियो
सन्दिप लामिछानेले ओमन विरुद्धको पहिलो खेलमा कुनै पनि विकेट लिएका थिएनन् भने युएई विरुद्ध भएको खेलमा ४ विकेट लिएका थिए । त्यसैगरी आयोजक मलेसिया विरुद्ध तेस्रो खेलमा २ तथा सिङ्गापुर बिरुद्धको चौथो खेलमा ३ विकेट हात पारेका थिए भने नेपालले प्रतियोगितामा हङकङ विरुद्ध खेलेको खेलमा सन्दिप लामिछानेले सबैभन्दा बढि ५ विकेट लिएका थिए ।
प्रतियोगितामा खेलेका पाँच खेलमा सन्दिप लामिछानेले ४६ ओभर बलिङ गर्दै ६ मेडन सहित १३३ रन खर्चेर १४ विकेट लिएका थिए जुन प्रतियोगिता कै दोस्रो सबैभन्दा उत्कृष्ट बलिङ प्रदर्शन हो ।
मलेसियामा जारी एसिया कप छनोट को फाइनल खेलमा हङकङ र युएई भिड्ने भएका छ्न भने विजेता टोलि एसिया कप क्रिकेट को लागि छनोट हुनेछ । प्रतियोगिता नेपाल , ओमन , मलेसिया , सिङ्गापुर , हङकङ र युएई को सहभागीता रहेको थियो ।

Comments
Post a Comment