एसिया कप छनोटमा नेपाल र हङकङको खेल भोलि हुँदै ।
ज्ञानेन्द्र भट्ट ,
धनगढी , कैलाली
मलेसियामा जारी एसिया कप छनोट प्रतियोगिता अन्तर्गत नेपालले भोलि लिग चरणको अन्तिम खेल हङकङ सङ्ग खेल्दैछ ।
जारी प्रतियोगितामा खेलेका चार खेल मध्ये दुईमा जित निकाल्दै अङ्क तालिकाको चौथो स्थानमा रहेको नेपाल फाईनल पुग्ने झिनो सम्भावना सहित अङ्क तालिकाको तेस्रो स्थानमा रहेको हङकङसङ्ग प्रतिस्पर्धा गर्दैछ ।
भोलि नेपालले UKM -YSD ओभल मलेसियाको मैदानमा नेपाली समय अनुसार बिहान ७:१५ बजे हङकङ सङ्ग प्रतिस्पर्धा गर्ने भएको हो । नेपालले आफ्नो चौथो खेल अन्तर्गत यसै मैदानमा सिङ्गापुरलाई चार विकेटले पराजित गरेको थियो ।
भोलि नै प्रतियोगिताको फाईनल होडबाजी बाट बाहिरी सकेका सिङ्गापुर र आयोजक मलेसिया तथा चार खेलबाट ७ अङ्क सहित शिर्ष स्थानमा रहेको ओमन र दोस्रो स्थानमा रहेको युएई भिड्दैछ्न ।
भोलि हुने खेलमा नेपालले हङकङलाई फराकिलो अन्तरले पराजित गरेमा र अर्को खेलमा ओमनले युएईलाई पनि फराकिलो अन्तरले पराजित गरेमा ओमनसङ्गै नेपाल फाईनल पुग्ने सम्भावना रहनेछ यद्यपि युएई र नेपाल मध्ये फाईनल प्रवेश गर्ने टोलिको छ्नोट रन रेटको आधारमा हुनेछ । नेपालले हङकङलाई पराजित गरे पनि र अर्को खेलमा युएई विजेता भए प्रतियोगिता बाट हङकङ र नेपाल बाहिरिने छ्न ।
कुल छ टोलि सम्मिलित उक्त प्रतियोगिताको विजेता टोलि अगामी सेप्टेम्बर १५ बाट संयुक्त अरब ईमिरेटमा हुने एसिया कप क्रिकेटका लागि छनोट हुनेछ ।
मिति २०७५/०५/१६ गते १०:१६ मा प्रकाशित

Comments
Post a Comment