एसिया कप छनोटको फाइनल समीकरण : नेपालको सम्भावना जिवितै ।

मलेसियामा जारी एसिया कप छनोट प्रतियोगिता अन्तर्गत चौथो चरणका खेलहरु समाप्त भएका छ्न । सहभागी छ टोलिहरुले चार-चार वटा खेल खेलिसकेका छ्न भने अब अन्तिम चरणको खेल भोलि हुने भएका छ्न ।

चार खेलबाट अहिलेसम्म ओमन ७ अङ्क सहित शिर्ष स्थानमा रहेको छ भने ६ अङ्क सहित युएई दोस्रो स्थानमा रहेको छ । त्यसै गरि आजको खेल वर्षाले रद्ध भए पछि ओमन सङ्ग अङ्क बाढेको हङकङ भने तेस्रो स्थानमा रहेको छ भने आफ्नो चौथो खेलमा सिङ्गापुरलाई ४ विकेटले पराजित गर्दै नेपाल ४ अङ्क सहित चौथो स्थानमा रहेको छ ।

त्यसै गरि आयोजक मलेसिया २ अङ्क सहित पुछारबाट दोस्रो तथा सिङापुर अङ्क बिहिन हुँदै फाईनल होडबाजी बाट बाहिरिएका छ्न ।

भोलि हुने अन्तिम चरणको खेलले फाईनल समीकरण तय गर्नेछ । भोलि हुने खेलमा नेपाल हङकङसङ्ग तथा युएई ओमन सङ्ग खेल्ने भएको छ ।

फाईनल प्रवेशको लागि झिनो आशा जिवित राखेको नेपालको लागि भोलि हुने खेलमा हङकङलाई फराकिलो अन्तरले हाराउनु पर्नेछ भने उता युएई ओमनसङ्ग फराकिलो अन्तरले पराजित हुनु पर्नेछ ।

यदि भोलिको खेलमा हङकङले नेपाललाई पराजित गरेमा र युएईले ओमनलाई पराजित गरेमा रनरेटको आधारमा ओमन र हङकङ मध्ये एक टोलि फाईनलमा युएई सङ्ग भिड्नेछ तर हङकङले नेपाललाई र ओमनले युएईलाई पराजित गरेमा युएई फाईनल समीकरणबाट बाहिरिनेछ र फाईनलमा हङकङ र ओमन भिड्नेछ्न ।

Comments

Popular posts from this blog

सिंगल मदर ! Single Mother ...

शिक्षक सेवा आयोग तयारी ५० महत्त्वपूर्ण बस्तुगत प्रश्नहरु ।

सम्झना बसेको रहस्यमय यात्रा !!