विश्व क्रिकेटमा चम्किदै सन्दिप लामिछाने : खेल्ने भए अफगानिस्तान टि-२० प्रिमियर लिग ।
ज्ञानेन्द्र भट्ट
धनगढी कैलाली ,
नेपाली लेग स्पिनर बलर सन्दिप लामिछानेले क्रिकेटमा अर्को सफलता हात पार्दै विश्व क्रिकेट जगतमा आफ्नो नाम फेरि चम्काउने भएका छ्न ।
अगामी अक्टोबर ५ देखि २१ सम्म संयुक्त अरब ईमिरेटमा हुने पहिलो अफगानिस्तान टि-२० प्रिमियर लिग २०१८ मा सहभागी खेलाडीहरुको अक्सन मार्फत अन्तिम छ्नोटमा पर्दै सन्दिप लामिछानेले अफगानिस्तान टि-२० प्रिमियर लिग पनि खेल्ने भएका हुन ।
अफगानिस्तान क्रिकेट वोर्डले आज सम्पन्न गरेको अक्सन मार्फत छनोट भएका सन्दिप लामिछाने आई सि सि एसोसिएट रास्ट्रको समूहबाट छनोट भएका थिए । सन्दीप लामिछाने लाई अफगानिस्तान टि-२० प्रिमियर लिगमा आन्द्रे रसेल आईकन प्लेयर रहेको नानगरहर टिमले १५ हजार अमेरिकी डलरमा किनेको हो ।
प्रारम्भिक ड्राप्टमा नेपालि टिमका कप्तान पारस खड्का र सोमपाल कामिको नाम रहेपनी उनिहरुलाई कुनै पनि टिमले बोली लगाएको थिएन । एसोसिएट रास्ट्रबाट बाबर हयात र रोहन मुस्तफा पनि बिक्री हुन सकेनन ।
सन्दिप लामिछानेले यस अघि पनि ईन्डियन प्रिमियर लिगमा दिल्लि डेयर डेभिल्स , ग्लोबल टि-२० क्यानडा , क्यारेबियन प्रिमियर लिग र विश्व ११ को टिमबाट विभिन्न प्रतियोगितामा सहभागिता जनाउदै उत्कृष्ट प्रदर्शन गरिसकेका छ्न ।

Comments
Post a Comment