अफगानिस्तान विरुद्ध आयरल्यान्डका टिम मुर्तघको उत्कृष्ट बलिङ ।
अफगानिस्तान र आयरल्यान्ड बिच चलिरहेका एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेलमा पनि आयरल्यान्डका टिम मुर्तघले अफगानिस्तान विरुद्ध उत्कृष्ट बलिङ गरेका छ्न ।
सिरिज अन्तर्गतको पहिलो खेलमा ४ विकेट लिएका टिम मुर्तघले दोस्रो खेलमा पनि बलिङको उत्कृष्ट लयकायम राख्दै ४ विकेट लिएका छ्न ।
सिभिल सर्बिस क्रिकेट मैदान , बेलफास्टमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान टिम मुर्तघको बलिङ आक्रमण को अघि निरीह भएको थियो फलस्वरूप अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै मात्र १८२ रन बनाउन सक्यो । ब्याटिङतर्फ अफगानिस्तानका नजिबुल्लाह जद्रनले सर्वाधिक ४२ , कप्तान अस्घर अफगानले ३९ तथा रहमत साहले ३२ रन बनाउन बाहेक अरुले उल्लेखनीय योगदान दिन सकेनन ।
बलिङतर्फ आयरल्यान्डका टिम मुर्तघले १० ओभरमा १ मेडन सहित ३० रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए ।
आयरल्यान्डका टिम मुर्तघले सिरिज अन्तर्गतको पहिलो खेलमा पनि ४ विकेट नै लिएका थिए ।
आयरल्यान्डका टिम मुर्तघले सिरिज अन्तर्गतको पहिलो खेलमा पनि ४ विकेट नै लिएका थिए ।
जितका लागि आयरल्यान्डले १८३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिराखेका छ । ताजा अवस्थामा आयरल्यान्डले १० ओभरमा १ विकेट गुमाउँदै ५८ रन जोडेको छ । टिमको स्कोर शुन्य रनको अवस्थामा पहिलो विकेट गुमाएको आयरल्यान्डको पारी अहिले एन्ड्र्यु र पाउल स्टृलिङले सम्हालिरहेका छ्न ।
३ खेल सम्मीलित सिरिजमा अफगानिस्तान १-० ले अगाडि रहेको छ ।

Comments
Post a Comment