अफगानिस्तानद्वारा आयरल्यान्ड पराजित : सिरिज २-१ ले कब्जा ।
अफगानिस्तानले तीन खेल सम्मीलित एकदिवसीय सिरिजको अन्तिम खेलमा घरेलुु टोलि आयरल्यान्डलाई ८ विकेटले हराउदै सिरिज २-१ ले कब्जा गरेको छ ।
शुक्रवार साझ सम्पन्न खेलमा राशिद खानले उत्कृष्ट बलिङ गरेपछी टस जितेर ब्याटिङ गरेको घरेलुु टोलि आयरल्यान्ड मात्र ३६.१ ओभरमा १२४ रनमा समेटिएको थियो । आयरल्यान्डलाई सस्तैमा समेट्ने क्रममा स्पिनर राशिद खानले ८ ओभरमा १८ रन खर्चिदै २ मेडन ओभर सहित ३ महत्त्वपूर्ण विकेट लिएका थिए ।
जितका लागि १२५ रनको विजय लक्ष्य अफगानिस्तानले २४ औ ओभरमा मात्र २ विकेट गुमाउँदै भेट्याएको थियो । अफगानिस्तानको लागि ब्याटिङमा इशानुल्लाह जनत ले अविजित ५८ रनको पारी खेलेका थिए ।
अन्तिम खेलमा म्यान अफ द म्याच भएका राशिद खान प्लेयर अफ द सिरिज भएका थिए । प्रतियोगिता भरी राशिद खानले ३ खेलमा ८ विकेट लिएका थिए ।

Comments
Post a Comment