शिक्षक सेवा आयोग वस्तुगत प्रश्नहरु ।

१- दरवार हाइस्कुलको स्थापना कहिले भएको हो?
#वि.सं. १९१०

२-नेपालमा उच्च शिक्षाको औपचारिक सुरुवात कहिले देखि भएको हो?
#वि.सं. १९५७

३- त्रिचन्द्र कलेजको स्थापना कहिले भएको हो ?
#वि.सं. १९७५

४-दरबार स्कुलमा सर्वसाधारणलाई कसको पाला देखि प्रवेशमा सहजता दिइएको थियो?
#वीर शमशेरको पालादेखी

५-राजकीय प्रधान संस्कृत पाठशाला कहाँ स्थापना भएको थियो?
#काठमाडौँको रानीपोखरीमा

६-सुरुमा आधार शिक्षण केन्द्र (आधार स्कुल) मा के के पढाइ हुन्थ्यो?
#कृषि, कटाइ, बुनाइ तथा हस्तकला

७- नेपालमा शिक्षा नामक पहिलो प्रतिवेदन कहिले सार्वजनिक भएको थियो ?
#वि.स. २०११

८- शेक्षा ऐन २०२८ देशभर कति चरणमा लागु भएको थियो?
#पाँच चरणमा

९- २०२८ सालमा Equal Access of Women to Education Program कुन ठाउँमा लागु भएको थियो?
#पोखरा

१०- अंचल शिक्षा अधिकारी कार्यालय खारेजी कहिले भएको थियो?
#वि.सं. २०२८

११- निमावि निरीक्षक हटाई प्राविनि र माविनि रहने व्यवस्था कहिले देखि भएको थियो?
#वि.सं. २०३०

१२- विशेष शिक्षा परिषदको गठन कहिले भएको थियो?
#वि.सं. २०३०

१३- निशुल्क प्राथमिक शिक्षा कहिले घोषणा भएको थियो?
#वि.सं. २०३१

१४- निजी क्षेत्रमा विद्यालय कलेज स्थापना गर्न स्वीकृति प्रदान कहिले भएको थियो?
#वि.सं. २०२८

१५- प्राथमिक शिक्षा परियोजना कुन दातृ निकायको सहयोगमा सञ्चालित भएको थियो?
#World Bank

१६- निजी क्षेत्रको पहिलो विश्वविद्यालय कुन हो?
#काठमाडौ विश्वविद्यालय

१७- विद्यालयलाई सामुदायिक र संस्थागत भनी दुई प्रकारमा वर्गिकरण शिक्षा एेनको कुन संसोधनले गरेको हो?
#सातौँ

१८- २०७३ साल जेठ महिनालाई आधार मान्दा कार्यान्वनमा रहेको विद्यालय तहको संरचना कुन सही हो ?
#प्राथमिक, माध्यमिक र उच्च माध्यमिक

१९- प्राथमिक तहको उमेर समूह कुन हो?
#५-९ बर्ष

२०- नेपालमा विद्यावारिधि तह कति बर्षको हुन्छ?
#२ वर्ष

Comments

Popular posts from this blog

सिंगल मदर ! Single Mother ...

शिक्षक सेवा आयोग तयारी ५० महत्त्वपूर्ण बस्तुगत प्रश्नहरु ।

सम्झना बसेको रहस्यमय यात्रा !!