एसिया कप छनोटमा भोलि नेपालले युएई सङ्ग खेल्दै : नेपाली टोलि दवाबमा ।
मलेसियामा जारी एसिया कप छनोट प्रतियोगितामा नेपालले भोलि युनाइटेड अरब ईमिरेट ( युएई ) सङ्ग खेल्दैछ ।
जारी प्रतियोगिताको बलियो मानिएका दुबै टोलि युएई र नेपाल मलेसियाको किनारा ओभल मैदानमा नेपाली समय अनुसार बिहान ७:१५ बजे भिड्ने भएका छ्न ।
मलेसियामा आजबाट सुरु भएको एसिया कप छनोट प्रतियोगितामा आफ्नो पहिलो खेलमा ओमन सङ्ग ७ विकेट हार बेहोरेको नेपाल दवाबमा रहेकोछ भने पहिलो खेलमा नै सिङ्गापुर सङ्ग २१५ रनको फराकिलो जित निकालेको युएई नेपालको सामुन्ने बलियो मानिएको छ ।
युएई , ओमन , सिङ्गापुर , हङकङ , नेपाल र आयोजक मलेसिया गरि छ टोलि सम्मीलित एसिया कप छनोट प्रतियोगितामा एक-एक खेल खेलेका युएई र नेपाल क्रमशः अङ्क तालिकाको पहिलो र चौथो स्थानमा रहेका छ्न । नेपाल आफ्नो पहिलो खेलमा ओमनसङ्ग हारेको थियो भने युएईले सिङ्गापुरलाई पराजित गरेको थियो ।
नेपाली टोलि पारस खड्काको कप्तानिमा तथा युएई रोहन मुस्तफाको कप्तानिमा मैदान उत्रिदैछ्न ।
पहिलो खेलमा नै अनअपेक्षित हार बेहोरेको नेपाललाई जारी प्रतियोगिता अन्तर्गत भोलिको खेलमा युएई लाई हराउनै पर्ने दवाव रहेको छ ।
६ टोलि सहभागी प्रतियोगिताको विजेता टोलिले युएईमा हुने एसिया कप क्रिकेट प्रतियोगितामा भारत , पाकिस्तान को समुहमा सहभागी हुँदै एसिया कप खेल्न पाउने छ ।

Comments
Post a Comment